X wada

राष्ट्रिय

    Showing २११-२२० of १,००२ items.
  • भन्सार विभागः साउनदेखि मंसिरसम्म साढे ६ खर्बको आयात, ६७ अर्बको निर्यात

    काठमाण्डौ,पुस ९ गते । भन्सार विभागले चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको जनाएको छ ।विभागको तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको उल्लेख गरेको छ ।यस्तै, ५ महिनाको अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रूपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जुन, यो

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १५३ पटक पढिएको
  • कांग्रेसःसरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

    काठमाण्डौ,पुस ९ गते । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ ।बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो ।कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ ।विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।कांग्रेस

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १५६ पटक पढिएको
  • पुस १ गतेबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको ८ देखि १० प्रतिशत भाडा समायोज

    काठमाडौं, पुस ८ गते । पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्याङ्करको भाडा बढेको छ । नेपाल आयल निगमले पुस १ गतेबाट  ८ देखि १० प्रतिशत भाडा समायोजन भएको हो । चार वर्षदेखि एउटै भाडा कायम भएको भन्दै भाडा बढाउन ट्याङ्कर व्यावसायीको छाता सङ्गठन नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले पटक पटक आन्दोलन गर्दै आएको थियो । आन्दोलनकै क्रममा केही दिन व्यावसायीहरुले ढुवानी बन्द गरेका थिए।  जसका कारण केही दिन पदार्थको ढुवानी सेवा प्रभावित भएको थियो । आयल निगमले अध्ययन गरेर भाडा बढाउने निर्णय गरेको बताएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३६ वटा गन्तव्यमा ढुवानी भाडा कम्तीमा ८

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १२५ पटक पढिएको
  • राष्ट्रिय गौरवका काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति

    काठमाडौँ,  पुस ८  गते । नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस  द्रुतमार्गको काम चाँडो सक्न  समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।‘आजको सुरुआत, भोलिको आधारः काठमाडौँ–तराई मधेस  द्रुतमार्ग’ भन्ने नाराका साथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ । नेपाली सेनाका हालका प्रवक्ता नारायण सिल्वालको अध्यक्षतामा गठन भएको उक्त समयन्त्रलाई आयोजना अघि बढाउने सिलसिलामा देखिएका यावत् समस्या र चुनौती समन्वय गरी सुल्झाउने कार्य जिम्मेवारीमा छ ।  अध्यक्ष सिल्वालले भन्नुभयो, “आयोजनाको अहिलेको निर्म

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १२२ पटक पढिएको
  • आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुने

    काठमाण्डौ,पुस ७ गते । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक  वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १२५ पटक पढिएको
  • आयात गरेका झण्डै दुई हजार साना–ठुला सवारी साधन वीरगन्ज भन्सार भन्सारमा थन्किए

    विरगञ्ज,पुस ७ गष्ते । सवारी साधन आयातकर्ताले आयात गरेका झण्डै दुई हजार साना–ठुला सवारी साधन वीरगन्ज भन्सार कार्यालयमा थन्किएका छन् । नेपालकै प्रमुख भन्सार नाकाको रूपमा रहेको वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा ती सवारी साधन थन्किएका हुन् ।व्यवसायीको शोरुम र गोदाममा हुनुपर्ने ती सवारी साधन बजारमा देखिएको आर्थिक अभाव र सवारी साधन बिक्रीमा आएको गिरावटका कारण भन्सार परिसरमा थन्किएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । बिलासिताका बस्तुमा पर्ने सवारी साधनको आयातमा सरकारले लगाएको रोकसँगै सवारी साधनको खरिदमा बैंकले ऋण लगानी समेत रोक्का गरेको छ । जसले गर्दा सवारी साधनहरू आयातकर्ताले भन्सारब

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १६१ पटक पढिएको
  • वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक

    काठमाडौं, मङ्सिर ६ गते । गैर आवासीय नेपाली सङ्घका अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास  सफल भएको बताउनु भएको छ । अध्यक्ष थापाले सङ्घले लगातार नेपाल सरकार र सम्बन्धित निकायसँग गरेको पहलले मूर्तरूप लिएको बताउनु भएको हो । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक पनि गरेको छ । आप्रवासनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारी हुने उहाँको भनाइ छ । सङ्घले सरकारसँग&nb

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १२९ पटक पढिएको
  • राष्ट्रपति समक्ष जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुदै

    काठमाडौं, पुस ६ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सङ्घीय संसद् प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा बुधबार दिउँसो ज्येष्ठ सदस्य राणाले शपथ लिनुभएको हो।  नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म वि।सं। १९९८ मङ्सिर २४ गते भएको हो।  प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ। सभामुखको चयन नहुँदाका बखत प्रतिनिधि सभाको अध्यक्षता गर

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १३१ पटक पढिएको
  • माओवादीले पुस ७ गते संसदीय दलको नेता चयन गर्ने

    काठमाण्डौ,पुस, ६ गते । नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् । प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनको भनाइ  छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीमा  दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो  । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।रातो पाटी बाट 

    • प्रकाशित मितिः पुस ६, २०७९
    • ११३ पटक पढिएको
  • कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

    काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज ९बुधबार० मतदान सुरु भएको छ ।संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।

    • प्रकाशित मितिः पुस ६, २०७९
    • १७८ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२