काठमाडौं, पुष ११ गते – नेकपा ९माओवादी केन्द्र०को आठौं महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित हुनुभएको छ ।काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासहित प्रमुख दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम रहेको छ । माओवादीको महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री देउवा भर्खरै समारोहस्थलमा पुग्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी उद्घाटन समारोहमा प्रधानमन्त्री देउवासँगै शीर्ष दलका प्रमुख नेताले सम्बोधन गर्दै हुनुहुन्छ ।उद्घाटन समारोहमा प्र
काठमाडौं,पुष ११ गते – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धरानस्थित बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।डा. केसलीले विज्ञप्ति निकालेर सरकारसँग सातबुँदे माग अगाडि सारेका हुन् । बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरेर कारबाही गर्ने, सार्वजनिक पदमा हुने स्वार्थको द्वन्द्व रोक्न कानुन बनाउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड बनाउनेजस्ता दीर्घकालीन सुधारका कामहरू गर्ने प्रधानमन्त्री देउवाका प्रतिबद्धताहरू पूरा नहुँदा सुधार र सुशासनको प्रक्रिया नै अवरुद्ध भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।सातबुँदे माग पूरा न
सिरहा,पुष ११ गते – आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व(पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले दर्जनौं गाडी तोडफोड गरेका छन् ।मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले कैयौं सेल आश्रुग्यास समेत प्रहार गरेका छन् । यद्दपी प्रहरी राजमार्ग खुलाउन सकेका छैन । औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आज सिरहा जिल्ला आमहड्ताल गरेको हो ।
सिरहा,पुष ११ गते – सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् ।एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार(पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी नभएको मौकामा उनीहरूले गाडीमा तोडफोड गरेको पाण्डेले बताए । ‘चार(पाँच वटा गाडीहरू तोडफोड भएका छन्, सडक बन्द गर्न भने दिएका छैनौं, लामो र छोटो दुरीका गाडीहरू चलिरहेका छन्,’ एसपी पाण्डेले भने । बल प्रयोग गरेर प्रहरीले बाटो खुलाएको उनले बताए ।औरही गाउँपालिकाबाट किसानहरूले गहुँको बिउ लुटेर लगेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ
काठमाडौं, पुष ११ गते – राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सरकारले ज्येष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक सवारी साधनमा सिट आरक्षण, सवारी भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्नेलगायतका सार्वजनिक सेवामा छुट, सहुलियत र सुविधाको व्यवस्थासमेतको प्रभाव
काठमाडौंपुष ११ गते – नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले महाधिवेशन अवधिभर खाना र बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने भएको छ । खाजाको प्रवन्ध भने पार्टीले नै मिलाउने महाधिवेशन मूल व्यवस्थापन समिति आयोजक हिमाल शर्माले जानकारी दिए । उनले भने, ‘प्रतिनिधिहरुले खाने, बस्ने व्यवस्था आफन्त, साथिभाइ र जनताको घरमा आफैं मिलाउनुपर्छ । खाजाचाहिं पार्टीले खुवाउँछ ।’ महाधिवेशनको व्यवस्थापनमा खटिएका एक नेताका अनुसार खाजाको रुपमा मासु, चिउरा, पनिर लगायतका मेनु तयार पारिएको छ । यद्यपि सकेसम्म हरेक दिन मेनु फरक(फरक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुन देशभरबाट माओवादी प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । महाधि
सिरहा,पुष १० गते – निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । आयोगले एकैपटक निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको हो । छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन् ।खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुनुका साथै एक ठाउँको निर्वाचन परिणामले अर
सिरहा,पुष ९ गते – किसानलाई पक्राउ गरेको विरोधमा सिरहाको औरही गाँउपालिकाका किसानहरुले पालिका कार्यालयमा तालाबन्दी गरेका छन् । गहुँ बीउ लुटेको आरोपमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै किसानहरुले गाउँ पालिका कार्यालयमा ताला लगाएका हुन् ।तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको साढे तीन सय ५० बोरा गहुँको बीउ लुटेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए । यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत
सिरहा,पुष ९ – नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट पहिलो प्रादेशिक कार्यसमिति चयनका लागि जनकपुरधाममा भएको मतदानको मतपरिणाम । पाँच सय मतपत्र गन्ती हुँदा सम्म उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।उपसभापतीचन्द्रशेखर यादव २४१धनलाल ठोकर १८२बिनोद कुमार खनाल १८७बिरेन्द्र प्रसाद सिंह २८१रामआधार प्रसाद यादव २८महामन्त्रीउपेद्र कुमार यादव २६१नरेश कुमार यादव २१३बिनोद चौधरी ५५बृहस्पति कृष्ण श्रेष्ठ २०५हरेश प्रसाद महतो १९०सहमहामन्त्री खुल्लाअरबिन्द अमात्य ५७जय नारायण प्रसाद यादव २३८नारायण चौधरी १६५परशुराम चौधरी २३
सिरहा,पुष ९ गते – नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले १४१ मतान्तरले प्रदेश मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् ।रौतहटका कृष्णाले ९९६ मत ल्याएर निर्वाचित भएको बुझिएको छ । प्रतिस्पर्धी प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव भने ८८५ मत मात्र पाएका छन् । प्रदेश सभापतिमा विजयी कृष्णा शेरबहादुर देउवा समूहका हुन् । पराजीत भएका रामसरोज बिमलेन्द्र निधी र शेखर कोइराला समूहका उम्मेदवार थिए
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.