X wada

राजनीति

    Showing ३६१-३७० of ५०२ items.
  • कांग्रेस जिल्ला सभापतिलाई धम्क्याउनेु एसपी पाण्डे निलम्बित

    काठमाडौं,पुष २१ गते — प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । एसपी पाण्डेमाथि अनुसन्धान जारी छ, उनले भने, अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो । पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • ३२० पटक पढिएको
  • ज्येष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

    महोत्तरी,पुष २१ गते –  बैंकले समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध नगराएको भन्दै ज्येष्ठ नागरिकले गौशाला नगरपालिकाको ११ नं. वडा कार्यालयमा तालाबन्दी गरेका छन्। मंगलबार दिउँसो समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध हुनुपर्ने माग गर्दै उनीहरुले कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन्। त्रैमाशिक रुपमा पाउनुपर्ने भत्ता पछिल्लोपटक ६ महिना बित्दासमेत नपाएको ७८ वर्षीय रामनारायण महतोले बताए। भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे। आफ्नो खातामा पैसा नहुँदा बैंकबाट खाली हात फर्किनुपरेको उनले बताए। उनीहरुको पैसा खातामा राख्न प्रक्रियागत रुपमा बैंकलाई कागजात पठाएको तर बैंकल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १४५ पटक पढिएको
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा निर्धारण

    सिरहा,पुष २१ गते – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ ।आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् ।उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । आयोगले उनीहरुका लागि खर्चको सीमा निर्धारण गरेको हो । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम ९१० सँग सम्बन्धित अनुसूची–१ मा उल्ल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १२४ पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रका ५ जनाको नाम तय

    काठमाडौँ,पुष  २० गते –  सत्तारुढ नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अ

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १३५ पटक पढिएको
  • जसपाले प्रदेश २ मा सिद्दिकी र प्रदेश १ मा राईलाई बनाए उम्मेदवार

    सिरहा,पुष २० गते – जनता समाजवादी पार्टी ९जसपा०ले राष्ट्रिय सभाका लागि सोमबार दुई जना उम्मेदवारको नाम छनोट गरेको छ । अन्य दलसँग गठबन्धन गरेकाले जसपा मात्र २ सिटमा उम्मेदवारी दिदैछ ।जसपाले प्रदेश १ को अल्पस‌ंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो । राई भोजपुर र सिद्दिकी सिरहाको रमौलका हुन् । यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दु

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १५१ पटक पढिएको
  • प्रधानमन्त्री देउवा धरानमा

    सिरहा,पुष २० गते –  प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान जानुभएको छ । मङ्गलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत धरान जानुभएको प्रधानमन्त्री देउवाको सचिवालयका उपसचिव जनकराज भट्टले बताउनुभयो । धरान पुग्नुभएको देउवा आज ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुने उपसचिव भट्टले जानकारी दिनुभयो । धरान उपमहानगर स्थापनाको अवसरमा आज उपमहानगरले सार्वजनिक बिदासमेत दिएको छ ।यसैगरी प्रधानमन्त्री देउवाले धरानमा रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गर्नुहुने कार्यक्रम छ । साथै देउवाले धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १३० पटक पढिएको
  • कांग्रेस नेताको आरोप(प्रहरी एसपीले मलाई गोली हान्ने धम्की दिएु

    सिरहा,पुष २० गते — कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गरेका छन् । यादवले विज्ञप्ति जारी गर्दै मादक पदार्थ सेवन गरी आइतबार राति १स्२५ बजे तत्कालीन एसपी पाण्डे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित घरमै आएर अपशब्द, गालीगलौज गरी गोली हान्ने धम्की दिएको बताएका छन् । ‘गालीगलौज गर्दै तिमीले सरुवा गरायौ, म तिमीलाई छाड्दिन, गोली हानिदिन्छु भन्दै पेस्तोल तेर्साएर आक्रमण प्रयास गरियो,’ कांग्रेस जिल्ला सभापति रामचन्द्र यादव र सचिव उपेन्द्र कुमार यादवद्वारा हस्ताक्षरित विज्ञ

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १५१ पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, कुन– कुन दलले टुंग्याए उम्मेदवार ?

    सिरहा,पुष २० गते – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल धमलाले बताए ।राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन  आयोगमा दल दर्ता गरेको छन्। निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १२१ पटक पढिएको
  • निर्माणकार्यमा अनिमियतता भएको स्थानियको आरोप

    सिरहा,पुष २० गते – सिरहाको अर्नामा गाउँपालिका वडा नं २ मा विकासको काममा अनियमितता भएको स्थानियहरुको आरोप रहेको छ । वडाको मैनावति खोलामा भएको पक्की पुल निर्माण, झोलुंगे पुल निर्माण,सरकारी गाडीको चरम दुरुपयोग,स्वास्थ्य, शिक्षा तथा कृषि क्षेत्रमा समेत अनियमितता भएको स्थानियको आरोप रहेको छ । यसै सन्दर्भमा समन्धित वडाका एक संर्घष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो बताएका छन । यस विषयमा अर्नामा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत कृष्णा नन्द सिंहले भने हामी सरकारी कर्मचारी हौ जनताको करबाट सेवा सुविधा पाई रहेका छौ, अर्को विकासको हरेक कुरा जनताले बुझन पाउने वहाँको अधिकार हो । जहाँ सम्म अ

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १८९ पटक पढिएको
  • माओवादी केन्द्रीय समितिको पहिलो बैठक, पदाधिकारी चयन हुँदै

    काठमाडौं, पुष १८ गते – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । सोमबार दिउँसो ३ बजे नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार बैठकले पदाधिकारी चयन गर्ने जनाइएको छ । आठौं महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गर्नुभएको थियो 

    • प्रकाशित मितिः पुस १९, २०७८
    • ११७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२