X wada

राजनीति

    Showing ३४१-३५० of ५०२ items.
  • मन्त्री यादवको अभिव्यक्तिलाई लिएर कडा आलोचना

    सिरहा,माघ ९ गते । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर  पर्टी भित्रै आलोचना गरेका छन् जन्ता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुरामम भटराई र उनि निकट नेताले यादवको अभिव्यक्तिको कडा आलोचना गरेको हो ।पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु भने यसबारेमा केही नबोलि रेणु यादवको बचाउ गरेका छन् ।समाजिक संजालमा भटराईले रेणु यादवको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् ।भटराई निकट नेताहरुले यो विषयलाई जोडतोडले उठाउदै यस्ता अभिव्यक्तिलाई पार्टीले बचाउ गर्न नस्कने बताएका छन् ।भट्टराईनिकट तथा जसपाका कार्यकारिणी समितिमा सदस्य गंगानारायण श्रेष्ठले रेणु यादवको अभिव्यक्ति

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १५३ पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङगा प्रहार गर्ने पक्राउ

    पर्सा,माघ ५ गते –  वीरगञ्ज महानगरपालिका– १३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा  सोही महानगरपालिका– १ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका– ८ घण्टाघरबाट प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेर क्षति भएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई तत्काल पक्राउ गरी

    • प्रकाशित मितिः माघ ५, २०७८
    • १६७ पटक पढिएको
  • १५ औं बलिदानी दिवसको उपहार ‘मधेस प्रदेश’

    सिरहा, माघ ४ गते – प्रत्येक वर्ष माघ ५ गते लहानको रमेश महतो शहिद पार्कमा मनाउने बलिदानी दिवसको दुई दिन अघि प्रदेश २ को नामाकरण मधेस प्रदेश गरेकोमा मधेस आन्दोलनको त्रक्रममा लहानमा ज्यान उत्सर्ग गर्ने पाँच शहिद परिवारमा खुसी छाएको छ । उत्साहित भएर लहानस्थित शहिद पार्कलाई जनता समाजवादी पार्टीका नेता रङगरोङगन र सरसफाई गरेका छन् ।माघ ३ गते नै प्रदेश –२ को नामाकरण मधेस प्रदेश घोषणा हुने बित्तिकै जसपाका नेताले शहिद पार्कमा दिपावली गरेका थिए भने माघ ५ गते पार्टी अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय नेताहरुले माल्यार्पण गर्ने कार्यक्रम तय भएको जसपा लहान नगर समितिका अध्यक्ष दिनेश महतोले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • २४४ पटक पढिएको
  • स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने सहमति

    काठमाडौं, माघ ४ गते – सरकार सञ्चालनका लागि गठित पाँच दलीय समन्वय समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन संविधानमा व्यवस्था भएबमोजिम वैशाखमा नै सम्पन्न हुनुपर्नेमा सहमति जुटेको छ ।मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा उच्चस्तरीय समन्वय समितिका संयोजक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको उक्त बैेठकमा दलहरुबीच सो सहमति जुटेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।यससँगै आजको बैठकमा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनको जीत कसरी सुनिश्चित गराउने भन्नेबारे छलफल भएको उहाँ बताउनुहुन

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १८२ पटक पढिएको
  • मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव

    जनकपुर, माघ ४ गते – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताउनुभएको छ । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए राति आयोजित खुशीयालीसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले मधेश प्रदेशको नामकरणसँगै मधेश आन्दोलनले सम्मान पाएको बताउनुभयो ।“मधेसी जनताले जुन बलिदान दिए, ती सहिदहरूको एउटा सपना मधेश प्रदेशको स्थापना थियो”, अध्यक्ष यादवले भन्नुभयो, “त्यो सपना सफल भएको छ, यसबाट मधेश आन्दोलनले एउटा सम्मान पाएको हामीले महसुस गरेका छौँ ।” मधेश प्रदेशको घोषणाले पहिचानको प्

    • प्रकाशित मितिः माघ ४, २०७८
    • १६९ पटक पढिएको
  • प्रदेशका लागि चारवटा नाम र राजधानीका लागि तीन स्थान प्रस्ताव

    जनकपुर, माघ ३ गते – प्रदेश २ प्रदेशसभाको आइतबार बसेको आठौ अधिवेशनको छैठौ बैठकमा प्रदेशको नामकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले प्रतिवेदन पेस गरेको छ ।समितिका सदस्य प्रदेश सभा सदस्य परमेश्वर साहले सभामा सो प्रतिवेदन पेस गर्नुभएको हो । उहाँले प्रदेशको नामाकरण र राजधानीमा समितिले साझा नाममा टुङ्गो लगाउन नसकेको बताउनुभयो । प्रदेशको प्रस्तावित छ वटा नाममध्ये समितिको विभिन्न बैठक, छलफल र संवादबाट चारवटामा परिमार्जन गरेको जानकारी दिदै उहाँले राजधानीको लागि तीन वटा प्रस्ताव रहेको सभामा पेस गर्नुभयो ।समितिले प्रदेशको नामाकरणको लागि मधेस, जानकी, मध्य मधेस र मिथिला भोजपुरा र राजध

    • प्रकाशित मितिः माघ ३, २०७८
    • २३० पटक पढिएको
  • माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी

    काठमाडौँ, माघ १ गते –  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दे उहाँले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरह

    • प्रकाशित मितिः माघ १, २०७८
    • १८१ पटक पढिएको
  • प्रदेश २ सरकारद्वारा आवास योजना र नियमावली स्वीकृत

    सिरहा,पुष ३० गते – प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ ।प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि  दलित समितिलाई सहज हुने उनले बताए  

    • प्रकाशित मितिः पुस ३०, २०७८
    • १६२ पटक पढिएको
  • प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त

    जनकपुरध,पुष २८ गते –  प्रदेश नम्बर दुईको मन्त्रिपरिषद् बैठकले सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।  सर्लाही निवासी अन्सारी यसअघि  युएनमा कार्यरत थिए । साथै प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ ।  केन्द्रमा प्रदेशका जनप्रतिनिधि देखि कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने छ। केन्द्र मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ । विगतमा सङ्घ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट प्रदेशको मातहतमा आएको

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २०५ पटक पढिएको
  • मतदानबाटै प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने सहमति

    सिरहा,पुष २७ गते – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदी

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १४७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२