X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ३५१-३६० of ९१७ items.
  • आईवोस द्वारा प्रमुखलाई सम्मान

    सिरहा,जेठ १७ गते । सिरहाको धनगढीमाई नगरपालिकामा स्थानियतह चुनाबमा निर्वाचित नगर प्रमुख र उप–प्रमुखलाई आईवोस संस्थाले सम्मान गरको छ । आईवोस संस्थाले धनगढीमाई नगरपालिकामा नगर प्रमुखमा निर्वाचित शिबशंकर महतो र उप–प्रमुख संगिता कुमारी चौधरीलाई कदर पत्र,सफल कार्यकालको शुभकामना सहित आईवोस मधेश प्रदेश प्रमुख रोहित चन्द्र ठाकुर,सिनियर लिडर दिनेश कुमार यादब लागयतका संस्थाका प्रतिनिधिहरु सम्मान गरेका छन् । यस संस्थाले स्वच्छ पानी सम्वन्धि नेपाल अधिराज्यभर काम गर्दै आएको सिनियर लिडर दिनेश कुमार यादबले बताए । 

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • ३९७ पटक पढिएको
  • काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक (लाइभ)

    काठमाडौं / दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।नवनिर्वाचित प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोलसहित ३२ वडाका वडाध्यक्ष र सदस्यहरु बैठकमा सहभागी हुनुहुन्छ ।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १५५ पटक पढिएको
  • कुकुरले टोक्दा सोह्र जना बिरामी

    सर्लाही, जेठ १६ गते  । सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ । कुकुरले टोकेर वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा छ जना बिरामी परेको स्वास्थ्य चौकी सासापुरका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार अढाई वर्षीय बच्चादेखि ५४ वर्षीय पुरुषसम्मलाई कुकुरले टोकेको छ । कुकुरले टोकेर बिरामी परेका १६ जनामध्ये घाँटीभन्दा माथिको भागमा टोकेर बिरामी भएका दुई बालकलाई थप उपचारका लागि क

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १८२ पटक पढिएको
  • थप चार जनामा मलेरिया पुष्टी

    सर्लाही, जेठ १६ गते । सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ । बलरा नगरपालिकाको वडा २ हथियौल र वडा ९ नरहरगञ्जमा यसअघि २२ जनामा मलेरिया अर्थात् औलो देखापरेको थियो । ठूलो सङ्ख्यामा मलेरियाका बिरामी भेटिएपछि सदरमुकाम मलङ्गवाबाट किट र औषधिसहित चिकित्सकको टोली गाउँमा खटाएर रगत परीक्षण गर्दा थप चार जनामा सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय मलङ्गवाका प्रमुख डा। नवलकिशोर झाले जानकारी दिनुभयो । उहाँकाअनुसार बिरामीको अवस्था सामान्य छ । एनोफिलिज जातक

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १९० पटक पढिएको
  • धनुषाको लोटा गाउँ शोकमग्न,विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु,

    ढल्केबर, जेठ १६ गते । विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । मुस्ताङको थासाङ गाउँपालिका –२, सानुसरे भीरमा सोमबार बिहान विमान दर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा सवार चालकदलसहित सबैको मृत्यु भएको खबर आएको छ । विमान दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११, लोटाका राजनकुमार गोलेसहित उहाँका बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङको मृत्यु भए

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १७० पटक पढिएको
  • तारा एयरको विमान सम्पर्कबिहिन

    सिरहा,जेठ १५ गते । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । 

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • ३६४ पटक पढिएको
  • आर्थिक वर्ष २०७९/०८० को बजेट आज

    सिरहा,जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् ।बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । सभामुख सापकोटाले भने , ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा ११९ बमोजिम आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान मिति २०७९ जेठ १५ गते आइतबार दिनको ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्ने कार्यक्रम भएकाले उ

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १७० पटक पढिएको
  • दस महिनामा आधा खर्च

    विराटनगर, जेठ १५ गते । आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिरहेको प्रदेश १ सरकारले चालू आर्थिक वर्षको दस महिनामा ५० दशमलव १५ प्रतिशत खर्च गरेको छ । आव २०७८/७९ का लागि ३२ अर्ब ९८ करोड ७० लाख रुपियाँको बजेट ल्याएको प्रदेश सरकारले वैशाख मसान्तसम्ममा १७ अर्ब ३२ करोड १५ लाख रुपियाँ खर्च गरेको हो । कुल बजेटमा सङ्घको ससर्त अनुदान दुई अर्ब सात करोड २१ लाख रुपियाँसमेत समावेश छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालका अनुसार यस अवधिमा चालू खर्चतर्फ छ अर्ब २३ करोड ५५ लाख, पुँजीगत खर्चतर्फ आठ अर्ब ५१ करोड ६८ लाख रुपियाँ खर्च भएको छ । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा भएको यो खर्च चाल

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १६१ पटक पढिएको
  • किसानलाई धानको बीउको पिरोलो

    महोत्तरी, १५ जेठ गते । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान चिन्तित बनेका छन् । “आधा जेठ त भई नै हाल्यो, खै बीउ पाइँदैन, के गर्ने होला रु”अहिले यहाँका आम किसान यस्तै भन्छन् । स्थानीय तहको चुनावबाट जितेका प्रतिनिधिले काम सम्हाले पनि ‘बीउको प्रबन्ध यहाँ गरिएको छ’ कसैले नभनेका भङ्गाहा–४ का किसान मोहन खाँ थारु भन्नुभयो  ।“चुनावअघि प्रचारमा घरघर पुग्दा अब बस्तीबस्तीमै बीउ, मल सुलभ मूल्यमा व्यवस्था गरिन्छ भन्थे” भर्खरै सम्पन्न स्थानीयतह निर्वाचन अभि

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • १४४ पटक पढिएको
  • ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    सिरहा,जेठ १४ गते । स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचि

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • १८३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२