X wada

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing २२१-२३० of ९१७ items.
  • मतदान केन्द्रमा मोबाइल लगे तत्काल कारबाही

    काठमाडौं, कात्तिक २९ गते । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ ।मङ्गलबार आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको हो ।मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न लगाइएको आयोगद्वारा जारी निर्देशनमा उल्लेख छ ।मङ्सिर ४ गते मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता र अन्य व्यक्तिलाई सलाइ, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा खन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले सार

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • १६० पटक पढिएको
  • नक्कली नोट र पेस्तोलसहित छ जना पक्राउ

    रौतहट, कात्तिक २६ गते । प्रहरीले नक्कली नोटको कारोबार गर्ने गिरोहसहित नक्कली जस्तो देखिने हजारको ९७ ओटा नोट र एक थान कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटेका प्रहरीको संयुक्त टोलीले नक्कली नोटका कारोबार गर्ने दुई महिलासहित  छ जनालाई नियन्त्रणमा लिएको हो ।उनीहरू मौलापुर नगरपालिका–८ सोनरनियाबाट बिहीबार पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुनिल मल्ल ९प्रहरी नायव उपरीक्षक० ले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा मौलापुर–७ का राजाराम साहको घरबाट एक थान नलकटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।&nb

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • २४५ पटक पढिएको
  • उम्मेदवार गाउँमा मतदाता भने भारततिर

    धनगढी, कात्तिक २५ गते । देशमा चुनाव हुन नौ दिन मात्र बाँकी छ । चुनावी रन्को क्रमशः बढ्दै पनि छ तर केही मतदातालाई भने त्यसले छोएको छैन । यस्तो अवस्था अहिलेको मात्र नभई यसअघिका निर्वाचनदेखिकै हो । निर्वाचनले नछुनेमध्ये एक हुनुहुन्छ कैलालीको लम्कीचुँहा नगरपालिका–६, प्रतापपुरका रामसिंह भुल । हाल ६५ वर्षका उहाँले पञ्चायतकालपछि बहुदलकालमा मतदान गर्न पाउनुभएको छैन । भोट हाल्ने रहर हुँदा पनि भारतमा काम गरिरहेकाले उहाँले भोट हाल्ने अवसर नपाउनुभएको हो ।“म भारतमा काम गर्न थालेकै ४० वर्ष हुन थाल्यो । यस पटक आमा बितेकाले आएको थिएँ । काजकिरिया सकेर फर्किन थालेको छु ।” गौरीफन्टा नाकामा भेटिनुभएका विकले

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • १७७ पटक पढिएको
  • मधेशमा असी नाघेका मतदाता असी हजार

    सिरहा, कात्तिक २३ गते । मधेश प्रदेशमा मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आठ दशक उमेर नाघेका मतदाता ८० हजारभन्दा बढी छन्। आठ दशक नाघेका मतदातामध्ये ३९ हजार ८५९ पुरुष र ४१ हजार ६६ महिला गरी ८० हजार ९२५ जना छन्। यस प्रदेशमा उमेरको हिसाबले सबभन्दा कम ८१ वर्षमाथि समूहका मतदाता छन्। यहाँ कुल ३३ लाख ८६ हजार ६२८ जना मतदाता निर्वाचनमा मतदान गर्ने भएका छन्। प्रदेशमा पुरुष मतदाता १८ लाख २७ हजार ८५४ जना र महिला १५ लाख ५८ हजार ७०४ जना र अन्य ७० जना छन्। निर्वाचन आयोगले पछिल्लो २५ वर्षदेखि ८१ वर्षमाथिका मतदाता रहेको जनाएको छ। यसैगरी सबभन्दा बढी २६ देखि ४० वर्ष उमेर सम

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • १६८ पटक पढिएको
  • मङ्सिर १५ देखि चालकलाई अनिवार्य सचेतना कक्षा

    काठमाडौं, कात्तिक २२ गते । ट्राफिक प्रहरीले मङ्सिर १५ देखि तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउने, लेन मिच्नेलाई नियमअनुसार कारबाही गरी अनिवार्य सचेतना कक्षा लिनुपर्ने भएको हो ।ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्रप्रसाद भट्टले उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी साधन चलाउनु रहेको बताउनुभयो ।भट्टका अनुसार तीव्र गतिका कारण हुने दुर्घटनामा मानवीय क्षति बढी हुने गरेको छ । आर्थिक वर्ष २०७८र०७९ मा तीन हजार ५४३ र चालु आर्थिक वर्षको तीन महिनामा ६४९ वटा स

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • १४१ पटक पढिएको
  • झाक्रि ज्ञानको लागी कमला नदीमा डुवेर शपथ लिनेहरुको भिड

    सिरहा,कात्तिक २२ गते। सिरहा,धनुषाको सीमाना छुट्याउने कमला नदीमा आफ्नो ज्ञान पाको पार्न आउने धामी–झाँक्रीको मेला नै लागेको छ। वर्षभरी आफूले सिकेको ज्ञान पाकोपार्न आज कमला नदिमा धामी–झाँकीहरुको भिडलाग्ने गरेको हो।प्रत्यक वर्ष कत्र्तिक पूर्णिमाका दिन हिजै बेलुका गाउँ–गाउँबाट हिडेका धामी–झाँक्रीका समूह कमलानदीको उतराहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा सतवैत (सपथ) गर्ने गरेका छन्।पहेलो धोती र सारी पहिरेका बेतको लौरो, हुरहुरत्र्ती बलिरहेको माटोको ढकना ९भाँडा० बोकेका सिकारु धामि–झाक्रिहरु आजकै दिन कमला नदीमा डुवेर शपथलिने गरेपछि पाको हुने विश्वास साथ पुग्ने

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • २१३ पटक पढिएको
  • नेकाको सम्पर्क कार्यालय खुल्यो

    सिरहा,कार्तिक २२ गते । नेपाली काँग्रेसको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रदेशसभा (१) मा सदस्य पदको उम्मेदवार रामसगुन यादव र (२) मा संजय प्रकाश यादव रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्रमोहन यादवले बताए । सिरहा क्षेत्र नं.३ (२) को सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सिरहा क्षेत्र नं.३ को दुईवटै प्रदेश सदस्य पदका उम्मेदवार काँग्रेसकै रहेको बताए । यो वा त्योको हल्लामा नलाग्न र पार्टीको निर्णयलाई मान्न सबैलाई उनले आग्रह गरे । ‘पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्ने हुन्छ । त्यो मेरो आग्रह पनि छ । प्रदेशसभा सदस्यका लागि संजयप्रकाश र रामसगुनलाई मतदान गर्न आग्

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • ३११ पटक पढिएको
  • सिराहा ३ पूर्व मन्त्रीको प्रतिस्पर्धा

    लहान, कात्तिक २१ गते । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिराहा –३ मा पूर्व कानुन न्याय संसदीय व्यवस्था मामिला मन्त्री लीलानाथ श्रेष्ठ र पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साह बिच हुने कडा प्रतिस्पर्धा हुने भएको छ । गोल बजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा,विष्णुपुर गाउँपालिकाको वडा १ र ५, अर्नमा गाउँपालिकाको १,२ र ३ र सिराहा नगरपालिका पर्ने यस क्षेत्रको सबै पालिकाको प्रमुख उपप्रमुख,गाउँपालिकाको अध्यक्ष नेकपा एमालेले जितेकोले नेकपा एमाले जसपा गठबन्धनबाट नेकपा एमाले पोलिटव्युरो सदस्य तथा मधेस प्रदेशका सह–इन्चार्ज पूर्व कानुन मन्त्री रहिसक्नु भएको श्रेष्ठ आ

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • १२३ पटक पढिएको
  • नेपाललाई दुई सय गाडी उपहार

    सिरहा,कार्तिक् १५ गते । भारत सरकारले नेपाललाई २०० वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ ।नेपालमा आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारत सरकारले सहयोग गरेको काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्।

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • २४७ पटक पढिएको
  • धान काट्न मजदुर अभाव

    सर्लाही, कात्तिक १५ गते । सर्लाहीमा धान काट्ने मजदुरको अभाव भएको छ । यस जिल्लाको उत्तरी भेगमा धमाधम धान भित्र्याउने बेला धान काट्ने मजदुर पाउनै गाह्रो भइरहेको ईश्वरपुर नगरपालिका–१२, घारीबथानका किसान कैलाश बानियाँले बताउनुभयो । अहिले खेतीमा अर्मपर्म अर्थात् आलोपालो प्रचलन हराउँदै गएको छ । बाली भित्र्याउन मजदुरकै भर पर्नुपर्ने र सबैजसो किसानको एकै पटक बाली भिœयाउनुपर्ने भएकाले मजदुर पाउन मुस्किल भएको हो । मजदुरले एक बिहान धान काटेको चार सय रुपियाँसम्म लिने गरेका किसानले बताएका छन् । भारतीय सीमा क्षेत्रमा पर्ने सर्लाहीको दक्षिणी भेगमा पनि धान काट्ने मजदुरको अभाव भएको किसानले बताएका छन्

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • १८२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२