राजबिराज, १५ पुस । राजबिराजमा सञ्चालित ईन्डाे नेेपाल मैत्रीपुर्ण तिनदिवसिय सिरिजमा सप्तरीले २-० काे अग्रता लिएकाे छ । सप्तरी क्रिकेट संघकाे आयाेजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत आज मंगलवार सम्पन्न दाेस्राे खेलमा युपीकाे पिके एकेडमीलाई  ३४ रनले पराजित गर्दै सप्तरीले सिरिज हात पारेकाे हाे। स्थानिय पविमाबि क्रिकेट मैदान राजबिराजमा टस हारेर पहिलाे ब्याटिङ गरेकाे सप्तरीले ३३ अाेभरमा सबै बिकेट गुमाएर २ सय २२ काे याेगफल खडा गरेकाे थियो।

सप्तरीका निमेेश मण्डलले उत्कृष्ट ब्याटिंग गर्दै ७९ रन बनाएका थिए भने गाेपाल मण्डलले ५९ रन र भिम यादबले ३३ रनकाे याेगदान दिएका थिए। बलिंग तर्फ पिकेका ध्रुव पुण्डिर ४ बिकेट, अक्षय हुडा, प्रत्यक्ष थामा र बंश शर्माले समान्य १/१ बिकेट हात पारेका थिए। २ सय २३ रनको लक्ष्य लिई मैदानमा उत्रेकाे युपी पिकेले २८ अाेभरमा सबै बिकेट गुमाएर १ सय ८९ रनमा समेटिएका थिए। जसमा हजमा कुरेसीले ३८ रन, गाैरब वर्मा ३३ रन बनाएका थिए।

बलिंग तर्फ सप्तरीका अायुष मण्डल ३ बिकेट, अजय यादबले २ बिकेट तथा  निरज सुरैत, अभिमन्यु सरदार, अायुष मण्डल, नितिश शर्माले समान्य १/१ बिकेट लिएका थिए। खेलकाे प्लेयर अफ दि म्याच सप्तरीका निमेश मण्डल घाेषित भएका थिए । घाेषित प्लेयर अफ दि म्याच मण्डललाई सप्तरी क्रिकेट संघका सदस्य संजय कार्कीले कप प्रदान गर्नुभयाे।

प्रतियोगिता अन्तर्गत भाेली दुबै टिम बिच अन्तिम खेल हुने सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंहले जानकारी दिनुभयाे ।