राजविराज÷उमेरले ५५ बर्ष पुरा गर्नुभएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ औरहीका पल्टु सदा अझै नागरिकता पाउन सक्नु भएको छैन् ।
नेपाली भएको प्रमाण प्राप्त गर्न ठुलै संघर्ष गरेपनि सफलता पाउन नसकेका सदाले अझै नागरिकता बन्लान् किन भने आशमा बस्न्ु भएको छ । सदाले नागरिकता पाउन नसक्दाँ उहाँको सिङ्गो परिवार नै यतिबेला नेपाली भएको पहिचान पाउनबाट बञ्चित छन् ।
नेपालमै जन्मिए, यही हुर्किए तर अहिले सम्म आफु नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको पल्टु सदाको गुनासो छ ।
घरकै मुल व्यक्ति पल्टुको नागरिकता नबन्दा उहाँको श्रीमति ५० बर्षीया तारादेवी सदा, उहाँको जेठो छोरा ३५ बर्षीय धर्मेन्द्र सदा, कान्छो छोरा ३० बर्षीय सन्तोष सदाले र बुहारीहरु सरस्वती सदा र अनिता सदाको नागरिकता बन्न सकेको छैन् भने तीन जना नाति र नातिनी जन्मदर्ता बिहिन छन् ।
नेपाली भएको प्रमुख पहिचाननै नागरिकता नपाएका ती परिवारका सदस्यहरु अहिले सम्म राज्यबाट पाउनुपर्ने सबै सेवा सुबिधाहरुबाट बञ्चित भएको दुखसो पोखेका छन् । स्थानिय साहुमहाजनमा खेतीपातिको काम गर्दै आएका पल्टु सदाले नागरिकताको लागि सबै निकायमा धाउँदै आएपनि पहिचान पाउन नसकिएको दुखेसो पोख्नुभयो ।
जन्मेपछि कानुनी रुपमा राज्यको नागरिकहरुको फेहरिस्तमा नाम जोडिनु पर्छ तर बुवाको नागरिकता नहुदाँ अहिले पल्टु सदाको पुरै परिवार नै पहिचानबाट बन्चित छन ।
“बुवाको नागरिकता नहुदाँ मेरो जन्मदत्र्ता बन्न सकेन्, अहिले मेरो नागरिकता नहुदाँ श्रीमति र छोराछोरीदेखि नाति नातिनी सम्मको पहिचान बन्न सकेन्”,पल्टु सदा भन्नुहुन्छ,‘‘ जन्मदत्र्ता नबन्दा छोराछोरीहरु पनि विद्यालयमा पढ्न पाएन, अहिले नाति नातिनीहरुको अवस्था पनि यस्तै बनेको छ ।”
आर्थिक बिपन्नताका कारण केही समय अघि रोजगारीका लागि भारतको पञ्जाबमा मजदुरी गरेर फर्किएका पल्टु सदाका छोरा धर्मेन्द्र अब स्वदेशमै मिहिनेत गर्न चाहेपनि नेपाली भएको कुनै पहिचान नहुदाँ समस्या भईरहेको सुनाउनुहुन्छ ।
‘‘नागरिकता बनाउन गाउँका नेतादेखि सिडियोसम्मलाई गुहारे पनि बुवाको नागरिकता नरहेकाले नागरिकता नहुने भन्दै फर्काउँदै आएको छ”, पल्टु सदा भन्नुहुन्छ,‘‘ गाउँमा नागरिकता टोली आएको बखत पनि नागरिकता बनाउन प्रयास गरे, तर त्यति बेला छरछिमेकको नागरिकता बन्यो, तर कुनै प्रमाण नरहेको भन्दै हामीलाई नागरिकता बनाईदिएन्ं ।” त्यस यता नागरिकताकोे लागि तत्कालिन गाविस कार्यालयदेखि अहिलेको स्थानिय तहको वडा कार्यालय सम्म नागरिकताको सिफारिसका लागि धाउँदै आए तर सकिएन् उहाँले भन्नुभयो ।
‘‘नागरिकताको सिफारिसको लागि जन्मदर्ता खोज्छन्, त्यसपछि श्रीमान्को नागरिकता पनि चाहिन्छ तर आफ्नो नत जन्मदत्र्ता छ नत श्रीमान्को नागरिकता”, तारादेवी सदा भन्नुहुन्छ,“नेपालमा जन्मिए, तर नेपाली भएको कुनै प्रमाण नहुदाँ आफ्नो जीवन नै व्यर्थ भएको महसुस भईरहेको छ ।”
नागरिकता नहुदाँ राज्यको मात्रै होइन समाज तथा समुदायबाट पनि अलग हुनु परेको दुखेसो सुनाउँदै तारादेवी सदा भन्नुहुन्छ,“ नागरिकताकै अभावमा गाउँ स्तरमा बन्ने कुनै पनि समुहमा सदस्यता पाउन सकिरहेकी छुईन् ।” आफुहरुको नागरिकता नभएकाले विवाह दत्र्ता हुन सकेन् र अहिले छोराछोरीको जन्मदत्र्ता सम्म बन्न नसकेको ृउहाँको दुखेसो छ ।
सदा परिवार मात्र होईन्, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको बिभिन्न वडाका हरवा चरवा विपन्न परिवारमा नागरिकताको समस्या देखिएको छ । वडाहरुमा जन्मदत्र्ता, विवाह दत्र्ता र नागरिकताको ठुलो समस्या पाईएपछि व्यक्तिगत घटना दत्र्ता गराउँ अभियान समेत शुरु गरिएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले डाक्नेश्वरी नगरपालिकाको विभिन्न वडाका हरवा चरवा परिवारलाई लक्षित गरी नागरिकता, नजन्मदत्र्ता लगायतका व्यक्तिगत घटना दत्र्ता अभियान सञ्चालन गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता नरेश सदा बताउनुहुन्छ ।
यसरी नागरिकता र जन्मदत्र्ताबाट बञ्चित रहेका ती मध्ये अधिकांशले जन्मदत्र्ताकै कारण पढ्न नसकेको समेत पाईएको सहजकर्ता सदाको भनाई छ ।



















