राजविराज, ५ मंसीर । श्रीपुरार्ज सामुदायिक विकास केन्द्र सप्तरीको अध्यक्षमा पुनः चतुरनारायण चौधरी चयन हुनुभएको छ । 

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा आज सम्पन्न संस्थाको ३० औं बार्षिक साधारणसभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा पुनः चौधरी चयन हुनुभएको हो । संस्थाको उपाध्यक्षमा सुनिता चौधरी, सचिवमा सुनिलकुमार चौधरी, सहसचिवमा रामकुमार पासवान र कोषाध्यक्षमा सुशिला कुमारी चौधरीलाई चयन गरेको छ ।

यस्तै कार्य समिति सदस्यहरुमा किरणकुमारी चौधरी, दिनेशकुमार चौधरी, योगेन्द्र प्रसाद चौधरी, लालबहादुर चौधरी, रेखाकुमारी चौधरी र उमेशकुमार साहलाई चयन गरिएको जनाएको छ । 

यसअघि आजै आयोजित बार्षिक साधारणसभा तथा सातौं अधिबेशनको उद्घाटन कार्यक्रममा बोल्दै बक्ताहरुले उत्पीडित र विपन्न समुदायको सामाजिक उत्थान र विकासमा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । 

संस्थाका अध्यक्ष चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय हरवा चरवा अधिकार केन्द्रका केन्द्रीय सदस्य श्रीप्रसाद सदा, सामाजिक अभियन्ता प्रमोद कुमार चालिसे, श्रीपुर्राज सामुदायिक केन्द्रका टीम लिडर बिनोदानन्द चौधरी, दिनेशकुमार चौधरी, श्रीजनशील सामुदायिक विकास केन्द्रका सहजकर्ता किरणकुमारी चौधरी लगायतले आ–आफ्ना धारणा राख्नुभयो ।