राजविराज, २४ बैशाख । सप्तरी सरदमुकाम राजविराजमा यही बैशाख २७ गते शनिवार क्रिकेट खेलाडीहरुका लागि ‘‘बेइट द स्पीड” क्रिकेट क्यापेन आयोजना गरिने भएको छ ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको आयोजनामा राजविराजस्थित पब्लिक बिन्देश्वरी स्कुलमा आयोजना हुने सो क्यापेनमा क्रिकेटका बलरहरुलाई आफ्नो बलिङ प्रतिभा प्रदर्शन गर्ने जनाएको छ । 

शनिवार दिउँसो ४ बजेबाट आयोजना हुने सो क्याम्पेन राजविराजका क्रिकेट खेलाडीहरुका लागि ठूलो अवसर भएकोले सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्न वल्र्डलिङ्क कम्युनिकेसन्सले आग्रह गरेको छ ।