राजविराज, ६ मंसिर । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिका ६ स्थित श्री आधारभूत विद्यालय कठौनामा बुधवार अन्तर विद्यालय हाजरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आयोजना गरेको सो प्रतियोगितामा बिभिन्न १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
हाजरी जवाफ प्रतियोगितामा श्री जनता आधारभूत विद्यालय कठौना प्रथम, श्री उच्च माद्ययमिक विद्यालय भगवतपुर बडहरी द्धितिय र श्री जनता माद्ययमिक विद्यालय जमुवा तृतिय भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता पश्चात श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरीको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा शम्भुनाथ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधि योगेन्द्र प्रसाद चौधरी, शम्भुनाथ नगरपालिकाको महिला, बालबालिका शाखाका प्रमुख रुलो चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नुभयो ।