राजविराज, ३० पुस। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगितामा नमो बुध्द फुटबल टिम मझौ सप्तरी खडकनगर सेमिफाइनलमा प्रबेश गरेको छ । 

प्रतियोगिता अन्तर्गत शनिबार  सम्पन्न खेलमा कृपा चौधरीको ह्याट्रिकको मद्दतमा गोलबजार स्पोर्टस क्लब गोलबजारलाई  शुन्यका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै मझौ सेमिफाइनलको यात्रा तय गरेको हो ।  दोश्रो हाफको ५ औं मिनेटमन मझौका कृपा चौधरीले गरी टिमलाई अग्रता दिलाएको थियो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको २६ औं मिनेटमा उहाँले मझौका लागि दोश्रो गोल गरेको थियो । खेलको २८ औं मिनेटमा चौधरीले ह्याट्रिक गोल गर्दै टिमको जित सुनिश्चित गरेको थियो । 

 प्रतियोगिता अन्तर्गत सोमवार दोश्रो चरणको दोश्रो खेलमा तालतलैया फुटबल टिम सुनसरी र ब्रोदर्स फुटबल टिम उदयपुरढबीच हुने संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिता   माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले  नगद रु।  ५५  हजार  तथा ट्रफि र उपविजेताले  नगद रु। ४५ हजार प्राप्त गर्नेछ ।

     संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।