X wada

स्वास्थ्य

    Showing ३१-४० of २०५ items.
  • सरसफाईमा सक्रिय

    बिनोद मण्डल सिरहा,कार्तिक ८ गते।  तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको छ।धनगढीमाई नगरपालिका वडा नं. १० का वडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा स्थानिय ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी पोष्ट,स्थानिय राजनीतिककर्मी,बुद्धिजीवी , पत्रकार उद्योग बाणिज्य संघ धनगढीका पधाधिकारीहरु,वडा सदस्यहरू लगायतको उपस्थितिमा सरसफाई गरिएको छ । सोमबार विहान स्थानिय दुर्गा मन्दिर परिसरबाट हातमा झाडु लिएर थालिएको सरसफाई अन्तर्गत बजारको फोहोरलाई संकलन गरी एक ठाउँमा ब्यबस्थापन गर्नका लागि राखि

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • २३० पटक पढिएको
  • बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

    सिरहा,कार्तिक २ गते । सरकारले आज र भोलि  देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • ३६२ पटक पढिएको
  • प्रसूतिगृह सञ्चालनमा नहुँदा गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा

    रौतहट, असोज १७ गते । स्थानीयस्तरमै प्रसूति सेवा सहज तथा सुलभ बनाउन निर्माण गरिएको प्रसूतिगृह सञ्चालनमा नहुँदा रौतहटको गुजरा नगरपालिकाका गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा छन् । सो नगरपालिकाको वडा नम्बर २ को कटानी बजारमा तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको प्रसूतिगृह सञ्चालन भएको छैन । नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा तीनकोठे सो भवन ४१ लाख रुपियाँमा निर्माण गरिएको बताइएको छ । रङ्गपुर स्वास्थ्य चौकीको मातहतमा रहेको सो भवन सञ्चालनमा नआउनाको मुख्य कारण जिल्ला स्वास्थ्य कार्यालय रौतहटले प्रसूति सेवा सञ्चालनको अनुमति नदिएर ह

    • प्रकाशित मितिः असोज १७, २०७९
    • २९० पटक पढिएको
  • देशभर डेंगु बिरामीको संख्या २५ हजार भन्दा बढी

    काठमाण्डौ,असोज ११ गते । देशभर डेंगु बिरामीको संख्या साढे २५ हजार नाघेको छ।२०७९ साउनदेखि हालसम्म उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २५ हजार ५४३ जना डेंगुका बिरामी भेटिएका छन्। हालसम्म डेंगुका कारण ३२ जनाको मृत्यु भएको छ।नेपालमा २०६१ सालमा पहिलो पटक डेंगुको बिरामी देखिएका थिए। त्यसपछि वर्षेनी डेंगुका बिरामी नेपालमा देखिएका छन्। मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७७५, मधेश प्रदेशमा ३८०, बागमतीमा १९ हजार ९१०, गण्डकीमा ५५६, लुम्बिनीमा २ हजार ८८७, कर्णालीमा २३१ र सुदुरपश्चिम प्रदेशमा ८०४ जनामा डेंगु देखिएको छ।नागरिक न्यूज बाट

    • प्रकाशित मितिः असोज ११, २०७९
    • २२७ पटक पढिएको
  • उपत्यका बाहिर पहिलो पटक पेट सिटी स्क्यान सुरु

    काठमाडौँ, भदौ १७ गते । पूर्वाञ्चल क्यान्सर अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गरेको छ । काठमाडौँ उपत्यका बाहिर पहिलो पटक सो सेवा पूर्वाञ्चल क्यान्सर अस्पतालले सुरु गरेको हो । ५१ वर्षीया मुखको क्यान्सरबाट पीडित बिरामीको परीक्षण गरी सो सेवा सुरु गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवले जानकारी दिनुभयो । पहिलो  दिन नौ जना बिरामीले उक्त सेवा लिएका छन् । अस्पतालले आगामी दिनमा दैनिक १० देखी १५ जना बिरामीलाई यो सेवा दिने गरी तयारी गरेको जानकारी दिनुभयो । क्यान्सरको फैलावट र अवस्था पत्ता लगाउन पेट सिटी स्क्यान अनिवार्य रहेको अस्पतालका न्युक्लीयर मेडिसिन विभागका प्रमुख डा रितेश

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • २३४ पटक पढिएको
  • डा.बृजमोहनको नैना हस्पिटल दर्ता विना संचालनमा नवजात शिशुको मृत्युपछि खुलासा

    जनकपुर,भदौ १७ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित रामानन्द चोकमा रहेको नैना हस्पिटलमा रिफर गरेकोमा उपचारकै क्रममा मृत्यु भएपछि विवाद सतहमा आएको हो ।पीडित परिवारका अनुसार चंचला देवीलाई प्रश्रव पीडापछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा कार्यरत डा। अभय मण्डलले शल्यक्रियामार्फत बच्चा निकाले पनि शिशुको अवस्था गम्भीर रहेको भन्दै नैना अस्पत

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • २७२ पटक पढिएको
  • खाद्य स्वच्छता सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

    राजविराज, ९ भदौ । खाद्य स्वच्छता सम्बन्धी सरोकारबालासँग सचेतनामुलक कार्यक्रम बिहीवार राजविराजमा सम्पन्न भएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको आयोजनामा सम्पन्न उपभोक्ता भेला तथा सरोकारबालाको सचेतना कार्यक्रममा बक्ताहरुले खाद्य स्वच्छताका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खाद्य पदार्थमा हुने मिसावट र खाद्य स्वच्छता प्रबद्र्धनका लागि नियमित रुपमा बजार अनुगमनसँगै सचेत

    • प्रकाशित मितिः भदौ ९, २०७९
    • २६३ पटक पढिएको
  • लागूऔषधमा १४१ जना पक्राउ

    सप्तरी, साउन २१ गते । सप्तरीमा एक वर्षको अवधिमा १४१ जना लागूऔषध कारोबार तथा सेवन गर्ने पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय, सप्तरीको एक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८र०७९ मा जिल्लाका विभिन्न ठाउँबाट २४० ग्राम ब्राउन सुगरसहित छ हजार २५७ नाइट्रोभेट, ६६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्याबलेट बरामद गरिएको हो । सो अवधिमा फेराएगन एम्पुल एक हजार २२९, नोफिन ७८८, डाइजिल्याब २१४ एम्पुल, डाइजेफाम एक हजार २९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४१६ बोतल, स्पास्मोप्रोसमिटन एक हजार २०७ र लिजेसिक एम्पुल ४०२ थान बरामद गरिको थियो  । सप्तरी प्रहरीले आर्थिक वर्ष २०७७र०७८ मा लागूऔषध कारोबा

    • प्रकाशित मितिः साउन २१, २०७९
    • २६१ पटक पढिएको
  • धनुषाको ढल्केवरमा ट्रमा सेन्टरको लागि माटो परीक्षण गरिदै

    धनुषा,असार१८ गते । धनुषाको ढल्केवरमा  ट्रमा सेन्टरको प्रक्रिया अघि बढेको छ । ट्रमा सेन्टर बनाउने प्रक्रिया अघि बढेसँगै ट्रमा सेन्टरको प्रस्तावित जग्गामा माटो परीक्षणको कार्य सुरु गरेको छ ।आज शनिवार प्रस्तावित उक्त जग्गाको माटो परीक्षणको काम सुरु गरिएको छ भने आईतबार९भोली०सम्म माटो परीक्षणको कार्य सम्पन्न हुने  संघीय आयोजना कार्यान्वयन ईकाई धनुषाकाले जनाउनु भयो ।यसअघि जग्गा विवादले अलपत्र बनेको ट्रमा सेन्टरको प्रस्तावित जग्गालाई तत्कालिन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेर उपयुक्त रहेको बताएपछि विवाद साम्य भएको थियो ।मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘ क

    • प्रकाशित मितिः असार १८, २०७९
    • २७५ पटक पढिएको
  • स्वस्थ शरीरका लागि योगको ठूलो महत्व छ ः प्रधानमन्त्री देउवा

    काठमाडौं, असार ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले मङ्गलबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्नुभयो ।प्रधानमन्त्री देउवाले भन्नुभयो, “नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल

    • प्रकाशित मितिः असार ७, २०७९
    • २३६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२