सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै दोश्रो दिन पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अगाडि सामूहिक आमरण अनसनमा बसेका तीनजनाको अस्वस्थ भएका छन् ।सामूहिक आमरण अनसन बसेका तीनजनाको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । मंगलबार दिउँसो अनशनकारीमध्येका औरही गाउँपालिका– ३ का वडा अध्यक्ष जीवछ यादव, सिरहा नगरपालिका– ४ का वडा अध्यक्ष मोहम्मद समशाद आलम र सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह अस्वस्थ्य भएपछि चिकित्सकहरुको एक टोलीले उपचार गरेका छन् ।उनीहरु बुधबार दिउँसो एक बजेदेखि सामूहिक आमरण अनसनमा बसेका थिए । सिरहा नगरपालिकाका इन्जिनियर प्रवीणकु
सिरहा,भदौ ०६ गते । सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको निर्माणाधीन कमला पुलको कार्य सम्पन्न नहुँदा सर्वसाधारणहरूलाई सास्ती भोग्नु परिरहेको छ ।१३ वर्ष अघि नै कमला नदीमा पुल निर्माण कार्य सम्पन्न भएर उद्घाटनको अवस्थामा रहेको बेला सिरहातर्फका दुई वटा पिलर भासिएपछि आवतजावतमा यात्रुहरुलाई सास्ती भोग्नु परिरहेको छ । कमला पुल भासिए पनि जोखिमपूर्ण यात्राका लागि दुवैतर्फका यात्रुहरुलाई बाँसको लचका र भ¥याङको प्रयोग गरी जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।हुलाकी सडक आयोजना अन्तर्गत निर्माण भएको सो पुलको निर्माण गर्ने कम्पनी माथि मुद्दा दायर पनि भएको छ । अदालतमा मुद्दा भएको कारणले पुलक
सिरहा,श्रावण ३२ गते । सप्तरी जिल्लाको कंचनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीस्थित हरिनगरा गाउँपालिका वडा नं.३ का करिव ४१ वर्षीय महेश कुमार मेहता र ४२ वर्षीय जयप्रकाश मेहता रहेका छन् । महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो । ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका–३ निवा
सिरहा,श्रावण ३१ गते । सिराहाको धनगढीमाई नगरपालिकाका वडाध्यक्षहरूले नगर प्रमुख शिवशंकर महतोको गैरजिम्मेवारीका कारण नगरपालिकाको काम लथालिंग बनाएको आरोप लगाउँदै सुधारका लागि तीन बुँदे माग गर्दै २४ घण्टे अल्टिमेटम दिएपछि नगर कार्यपालिकाको बैठक बोलाइएको छ । कार्यपालिका सदस्यसमेत रहेका वडाध्यक्षहरूले नगरपालिकामा देखिएको समस्या समास्या समाधानको लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगर सभाको मिति तत्काल तोक्नुपर्ने र आर्थिक वर्ष ०८१÷८२ का लागि कार्यक्रम तथा बजेट पारित गर्न कार्यपालिकाको बैठको माग सहित सोमबार २४ घण्टे अल्टिमेटम दिएपछि मंगलबार भदौ २ गतेका लागि नगर कार्यपालिकाको बैठकका लाग
सिरहा,श्रावण २८ गते । सिरहाको धनगढीमाई नगरपालिकामा नगर प्रमुख शिवशंकर महतोको गैर जिम्मेवारीपनाका कारण नगरपालिकाको सम्पूर्ण कामहरु लथालिंग बनाएको भन्दै तीन सुत्रीय माग राख्दै वडा अध्यक्षहरुले २४ घण्टे अल्टिमेटम दिएको छ । आज जारी संयुक्त वक्तव्यमा सेवा प्रवाह र दैनिक प्रशासनिक कार्यलाई चुस्त दुरुस्त बनाउन, अनुगमन तथा सुपरीवेक्षण कार्य गर्न छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने, नगरपालिकामा देखिएका समस्याहरु समाधान गर्न यथाशिघ्र कार्यपालिका बैठक आव्हान गर्नुपर्ने र नगरसभाको मिति यथाशिघ्र तय गर्नुपर्ने माग राखेका छन् । १४ वटा वडा रहेको नगरपालिकाको १० वटा वडा अध्यक्षहरुको हस्ताक्षरित संयुक
सिरहा,साउन २६ गते । सिरहाको वरियारपट्टी भन्सार,सस्त्र प्रहरी बरियापट्टी र सुखीपुरको मिलोमतोमा आएका भन्सार छलीका समान गोलवजारका ईन्सपेक्टरको कमाण्डमा खटिएको टोली जिरोमाईलमा पक्राउ गरेका छन् ।सवरियापट्टी जिरोमाईल सडक खण्डमा चल्ने बस तथा अटोमा ब्यापरीहरुले अबैध रुपमा भन्सार छली गरी ल्याएका अबैध समान सशस्त्र प्रहरी वल गोलवजारका ईन्सपेक्टर दशरथ अधिकारीले पक्राउ गरी सुखिपुरलाई जिम्मा बुझाइएको छ ।सशस्त्र प्रहरी वल वरियारपट्टी र सुखिपुरले मासिक रुपमा ब्यपारीहरु संग पैसा लिई सहज रुपमा समान ल्याउन दिने गरेकोले विशेष सुचनाको अधारमा गोलवजार सशस्त्र प्रहरी प्रमुख आफैले जिरोमाईलमा पक्राउ गरेको छ ।बरियारपट्ट
सिरहा,साउन २६ गते । सिरहाको बाटिका सडक दुर्घटनामा २० जना भन्दा बढी घाईते भएका छन् ।पूर्व पश्चिम लोकमार्गमाको बाटिका नजिक चाईन कम्पनीको स्कापियो र मालवाहक ट्रक एक आपसमा ठोकिदा चाईना कम्पनीका ईन्जिनियर सहित २० जना घाईते भएको छन् ।स्थानिय प्रत्यक्षदर्शीका अनु्सार पश्चिमबाट पूर्व चाईना कम्पनीले निमाणर््ा गरिरहेको सडकमा काम गर्ने कामदार बोकी लगदै गरेको अबस्थामा ठोकिएको हो ।बागमति प्रदेश ०३–००१च २४७५ नं.को ट्रक नं.प्र.२–००३–००१ ख ४०५७ नं.को ट्रकले ठोकिदा सो दुर्घटना हनु पगेको पत्रकार सुनिल साहले बताउनु भयो ।पत्रकारका अनुसार विहान कामदार बोकी जादै गरेको अवस्थामा ठक्कर लागेको हो सो चाईना कम्पनीका ईन्ज
सिरहा,श्रावण १७ गते । शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधनको भएको छ । उहाँको आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान निधन भएको हो ।उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो । उपचारका लागि आर्थिक सङ्कटको सामना गर्नुपरेपछि उहाँ सपरिवार आफ्नो जन्मथलो फर्कनुभएको थियो ।
सिरहा,असार २० गते । पर्साको जगरनाथपुर गाउँपालिका नजिक नेपाल(भारत सीमामा पर्ने ओरिया खोला नजिक गाडिएको अवस्थामा फेला परेका दुईजनाको हत्या अन्धविश्वासकै भरमा गरिएको खुलेको छ ।गत जेठ २३ मा माटोमा गाडिएको अवस्थामा बाराको कलैयाका रामएकवाल पण्डित कुम्हाल र आदर्शकोतवाल घर भई कलैया बस्दै आएका सुरेश ठाकुरको शव फेला परेको थियो । प्रहरीले उनीहरूको हत्यामा संलग्न ३ जनालाई २३ दिनपछि पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका ५ का सन्तोषप्रसाद कुम्हाल, सोही ठाउँका महादेव महतो नुनिया र बाराको कलैयाका लक्ष्मण प्रजापति छन् । लक्ष्मणका भिनाजु हुन् सन्तोष ।मृतक रामएकवाल लक्ष्मणका सहोदर काका
सिरहा, असार १० गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित धनगढीमाई होटल एण्ड लजमा आज दिउँसो एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका वडा नं. ३ का २८ वर्षीय प्रमोद कुमार कामती रहेको प्रहरीले जनाएको छ । होटल संचालक धर्मा महतोका अनुसार विहान ९.३० बजे एक जना महिलासँग मृतक कामती होटलमा प्रवेश गरेको जानकारी दिनुभयो । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा कामतीको मृत शरीर देखिएपछि प्रहरीलाई खबर गरेको होटल संचालक महतोले जानकारी दिनुभयो । मृतक कामती वैदेशिक रोजगारीबाट आज विहान घर फर्किएको परिवारजनले जनाएको छ । मृतका बुवा रामनारायण कामतीले विदेशबाट
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.