सिरहा,भदौ २९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.५ स्थित श्री जनता माध्यमिक विद्यालय ९प्राविधिक धार० तिनकोनीमा ६० औं वाल दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक विद्यालय तिनकोनी प्रथम भएको छ ।
त्यसैगरी प्रतियोगितामा तु.स.डो.मा.वि. विष्णुपुर कट्टी दितीय स्थान हासिल गरेका थिए भने श्री जनता मा।वि। बेतहा भवानीपुर तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । विजयी हुनेहरुलाई आयोजकले शिल्ड प्रमाणपत्र तथा सहभागी विद्यालयका विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले विजयी वालवालिकालाई शिल्ड तथा प्रमाण पत्र वितरण गर्नुहुँदै बाल अधिकारसँग सम्बन्धित, वाल सहभागितासँग सम्बन्धित, वाल संरक्षणसँग सम्बन्धित दिन भएकोले र नेपालको मूल कानुन संविधानमै समेटिएकोले यो दिनलाई उत्सवको रुपमा लिन आग्रह गर्नुभयो ।
श्री जनता माध्यमिक विद्यालय प्राविधिक धार तिनकोनीले ६० औं वाल दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा नगर क्षेत्रभित्र रहेका आठ वटा माध्यमिक विद्यालय मध्ये पाँच जना विद्यालयले भाग लिएका थिए ।
विद्यालयका शिक्षक महेश मण्डलले संचालन गरेको उक्त कार्यक्रममा शिक्षाप्रेमी, बुद्धिजीवी, विद्यार्थी तथा प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय चौधरीले गरेका थिए ।



















