सिरहा, असोज ३ गते । भष्टाचार नियन्त्रण र सुुशासन प्रवद्र्धन  विषयक स्थायिनयतह स्तरीय अन्तरक्रिया कार्यक्रम सिरहाको सुखिपुर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

सिरहा जिल्लाको १७ वटा स्थानियतह मध्ये सबै भन्दा वढी उजुरी सिरहाको १७ स्थानियतह मध्ये औरही गाउँपालिकाको उजुरी परेको अख्तियार अदुरुपयोग अनुसन्धान आयोग कार्यालय वर्दिवासले जनाएको छ ।

vlcsnap-2024-09-19-18h22m06s353

आ.व. ०८१/०८२  को भदौ मसान्त सम्ममा सिरहाको १७ वटा स्थानियतह गरी दुई सय सत्तरी उजुरी मध्ये विभिन्न योजनामा भ्रटचार भएको ४६ वटा उजुरी औरही गाउँपालिकामा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले उल्लेख गरेको छ ।

सिरहाको स्थानियरुको हालसम्म दुई सय सत्तरी उजुरी परेकोमा छविस वटा फर्छयौट भइसकेको र दुई सय चौवालिस उजुरी फर्छैाट हुन बाँकी रहेकोमा औरही गाउँपालिकामाा परेको छयालिस उजुरी मध्ये चार वटा फर्छयौट भई सकेको र ४२ वटा उजुरी बाँकी रहेको आयुक्तका साहयक प्रवक्ता एवम सुचना अधिकारी देवी प्रसाद थपलियाले बताउनु भयो ।

दुसमनी साधन र काम हुन नदिने स्थानियमा मनसाय रहेको भन्दै पालिकाको कार्यालय भित्रबाट नै अख्तियारमा उजुरी परेको सुखिपुर नगपालिकाका नगर प्रमुख रामअवतार यादवले बताउनु भयो ।

vlcsnap-2024-09-19-18h22m55s393

लहान नगरपालिकाको सोह्र उजुरी मध्ये एक फर्छयौट पन्ध्र,धनगढीमाई नगरपालिकाको बाह्र वटा,सिरहा नगरपालिकाको सताईस मध्ये पाँच वटा फर्छयौट बाईइस वटा बाँकी, सुखिपुर नगरपालिकाको पन्ध्र वटा गोलवजार नगरपालिकाको २३ वटा मध्ये एक वटम फर्छयौट २२ वटा बाँकी ,मिर्चैया नगरपालिकाको १३ वटा मध्ये एक फर्छयौट १२ बाँकी,भगवानपुर गाउँपालिकाको १२ वटा मध्ये एक वटा फर्छयौट,विष्णपुर गाउँपालिकाको १८ मध्ये दुई वटा फर्छयौट,बरियारपट्टी गाउँपालिकाको ५ वटा,लक्ष्मीपुर पतारी गाउँपालिकाको ३ वटा,नरहा गाउँपालिकाको ७ वटा मध्ये एक फर्छयौट,सखुवानन्कारकट्टी गाउँपालिकाको ५ वटा मध्ये एक फर्छयौट,अर्नमा गाउँपालिकाको ११ वटा र नवराजपुर गाउँपालिकाको ५ वटा उजुरी परेको आयोगको तथ्याङ्कमा उल्लेख रहेको छ ।   

मधेश प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश गरी तिन वटा प्रदेशका नौ वटा जिल्ला कार्यक्षेत्र रहेको आयोगको कार्यालय बर्दिवासले सुखिपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा पालिकाको कर्मचारी,राष्ट्रि वाण्ज्यि बैंकका सुखिपुरका शाखा प्रवन्धक मणिराज विश्वकर्मा लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।