X wada

समाज

    Showing ३६१-३७० of १,४५० items.
  • हृदयघातका कारण सांसद रहमानको निधन

    काठमाण्डौ,फाल्गुन १३ गते ।  जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ ।रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए ।जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् सभामुख देवराज घिमिरले अस्पताल पुगेर स्वर्गीय रहमानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।अनलाईन खवर बाट

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १६६ पटक पढिएको
  • सिरहामा सल्हेश पोखरी सरसफाइ कार्यक्रम सम्पन्न

    नरेशचन्द्र बरबरिया सिरहा  १३ गते ।सिरहामा नगरपालिकामा आज सल्हेश मन्दिर स्थित रहेको पोखरी  पोखरीको सरसफाइ गरिएको छ । सन्त निरंकारी मण्डल नेपाल शाखा सिरहा द्वारा आयोजना गरिएको  "स्वच्छता अभियान " कार्यक्रम अन्तर्गत आज पोखरी सरसफाई गरिएको हो ।  "स्वच्छ जल स्वच्छता मन "नाराका साथ सौन्दर्यकरणका लागि सरसफाइको आयोजना गरिएको छ । पदूषण फोहोरका कारण अहिले अनेक  किसिमका महामारी रोग फैलिरहेकोले   सरसफाइ जस्ता कार्यक्रम गरिएको सदस्य कासिन्द्र यादवले बताए । सिरहा नगरपालिका वडा न.७ का वडा अध्यक्ष बिनोद कुमार यादवले उक्त  शल्हेश पोखरी सरसफाइको लागि ट

    • प्रकाशित मितिः फागुन १३, २०७९
    • १४७ पटक पढिएको
  • राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता

    सिरहा,फाल्गुन १२ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा दिंदै आजदेखि सिरहाको लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लहान नगर क्षेत्रभरि रहेका एघार वटा सामुदायिक विद्यालयका छात्र छात्राहरु सहभागी रहने छ । खेलको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको छ । आजको उद्घाटन खेल अन्तर्गत भलिवल प्रतियोगितामा पुरुषतर्फ पशुपति आर्दश माध्यमिक विद्यालयले जित हासिल गरेका छन् भने महिलातर्फ खेलाइएको खेलमा सगरमाथा मा.वि. ढोढनाले जित आफ्नो पोल्टामा पारेका हुन् । त्यसैगरी पुरुषतर्फ

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • ३१७ पटक पढिएको
  • मिथिला मध्यमा परिक्रमा : जनकपुरधामबाट भारतको कल्याणपुरतर्फ लाग्यो

    सिरहा,फाल्गुन ९ गते । मिथिलाको चर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ। धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिण ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ। नेपाल र भारतका गरी १३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्। परिक्रमामा सहभागी श्रद्धालु सोमबार जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहानै भारतको कल्याणेश्वरका लागि प्रस्थान गरेका छन्।परिक्रमाको डोलालाई मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले काँध ल

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • ३२९ पटक पढिएको
  • लघुवितिय विरुद्ध विरोध प्रदर्शन

    सिरहा,फाल्गुन ९ गते । बचौं र अघि बढौं लघुवितिय संस्थाहरुको विरुध एक जुट हौं भन्दै सिरहाको सुखिपुरमा लधुवित्तिय संस्था  विरुद्ध नगर स्तरीय विरोध प्रदर्शन गरेको छ । लधुवित्तिय संस्थाहरु द्धारा लगाईएको समुहिक ऋण मिनहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर,नव सामन्तीको रपमा लघुवितिय संस्थाहरु बन्द गर,आवश्यत्ता र क्षमतामा आधारित काम र दामको मुूल्याकन गर र समाजवादी अर्थतन्त्रको विकास गर लगायत माग राखी नगरपालिका स्तरीय विरोध कार्यक्रम गरेका हुन् ।लघुवितिय संस्था विरुधको संघर्ष समिति सिरहाले आयाजना गरेको विरोध कार्यक्रममा विभन्नि लघुवितमा आवद्ध महिलाहरुको सहभागिता रहेको संघर्ष समितिल

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • २७१ पटक पढिएको
  • मिर्चैया नगर अस्पताल

    सिरहा,फाल्गुन ९ गते । सिरहास्थित मिर्चैया नगर अस्पतालमा विरामीको चाप अत्यधिक बढेको छ । न्यून जनशक्तिका कारण सामान्यतया दैनिक एक सय देखि डेढ सयको संख्यामा विरामीहरु आउन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई भ्याई न भ्याई भएको हो ।अस्पतालले कम खर्चमा छिटो छरितोसँगै विश्वसिनियता सेवा दिन थालेपछि आफूहरु निजी अस्पतालमा उपचार गराउन छोडेको सेवाग्राहीहरु बताउँछन् । २४ शैय्याको अस्पताल नगरपालिकाले आफ्नै स्रोत साधनबाट चौविसै घण्टा सुत्केरी लगायतका अन्य विरामीहरुको सेवा प्रवाह गर्न थालेपछि विरामीको संख्या बढेको हो । विरामीको चाप अनुसार स्टाफको कमीले अस्पताल व्यवस्थापन गर्न कठिनाइ भइरहेको अस्पतालक

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • १,५९२ पटक पढिएको
  • मोटर साइकल अलपत्र

    सिरहा,फाल्गुन ८ गते । सिरहाको मिर्चैैया नगरपालिकाले वडा अध्यक्षको लागि नगर कोषबाट खरिद गरेको बाह्र वटा मोटर साइकल विगत आठ महिनादेखि अलपत्रमा परेको छ । यस अघिका वडा अध्यक्षले प्रयोग गरेको मोटर साइकल नयाँ निर्वाचित वडा अध्यक्षहरुले लिन नमानेपछि सो मोटर साइकल नगरपालिकाको परिसरमा थन्किएको हो । यस अघि दुई लाख २५ हजारको दरले १२ वटा मोटर साइकलको २७ लाख रकम नगर कोषबाट खर्चिएको थियो ।  नयाँ निर्वाचित भएर आएका वडा अध्यक्षहरुले मोटरसाइकलको सट्टा मासिक १० हजार सुविधा रकम लिन थालेपछि मोटरसाइकल थन्किएको नगरपालिकाका कार्यकारी अधिकृत सुजित कुमार यादवले वताउनुभयो ।  नगर कोषबाट रकम खर्च

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • १९४ पटक पढिएको
  • सारस्वरनाथ मन्दिरमा दर्शनार्थीहरुको घुईचो

    सिरहा,फाल्गुन ६ गते ।महाशिवरात्रीको दिन शिवको पूजा पाठ गरे मनोकामाना पूरा हुने जनविश्वासको कारण सिरहाको विभिन्न शिव मन्दिरमा पूजा पाठ गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको छ । सिरहा नगरपालिका वडा नं. १२ मा अवस्थित पौराणिक, धार्मिक तथा ऐतिहासिक स्थल सारस्वरनाथ महादेवको दर्शन गर्न दुर दराजको ठाउँबाट अझ बढी भक्तजनहरु ओइरिएको हो ।शिवरात्रीको अवसरमा सिरहा नगरपालिकाका नगर प्रमुख नविन कुमार यादवले सारस्वरनाथ महादेव मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि गरेको छ । दैवोको दैव महादेव भएकाले उहाँको विशेष सम्मानको लागि हेलिकप्टरद्वारा पुष्पबृष्टि गरिएको जनाएको छ । शिवरात्रीकै अवसरमा पारेर सारस्वरनाथ परिसरम

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • २५४ पटक पढिएको
  • मुसहर वस्तीको शिलान्यास

    सिरहा,फाल्गुन ५ गते । बसोबासको समस्याले दुख कष्ठ भोगिरहेका लहान नगरपालिका वडा नं. १५ मेनहरबा मुसहर वस्तीमा ३८ घर परिवारका लागि घर निर्माण हुने भएको छ । वर्षौदेखि बसोबासको समस्या झेलिरहेकाहरुको लागि उनीहरुको बसोबासका लागि मुसहर बस्तिको शिलान्यास गरिएको लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले वताउनुभयो । एक करोड ७२ लाख पचास हजारको लागतमा बन्न लागेको बस्तिमा हरेक परिवारलाई भान्सा कोठा सहित २ कोठाको घर बन्नेछ । घर निर्माणमा लाग्ने खर्च मध्ये नगरपालिकाले १ करोड र बाँकी रकम ह्याविट्याट फर हयुम्यानिटीले भवानी एकिकृत विकास केन्द्र मार्फत उपलब्ध गरिने जनाएको छ । शिल्यानास का

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • १८१ पटक पढिएको
  • प्रादेशिक अस्पताल लहानसँग सम्झौता

    सिरहा,फाल्गुन ५ गते । नेपाल सरकारको ऋजष्मि ७ ब्मयभिकअभलत एभ्ल् एगिक एचयवभअत लाई विशिष्टकृत सेवा विस्तार तथा रेफरल सेन्टरको रुपमा विकास गर्ने उद्देश्यले काठमाडौ ईन्स्टिच्यूट अफ चाईल्ड हेल्थ र प्रादेशिक अस्पताल लहान, सिरहा बिच आज सम्झौता भएको छ ।नेपाल सरकारले चार वर्ष अगाडि ल्याएको पेन प्लस प्रोजेक्टले मधेश प्रदेशमा थप प्रभावकारी बनाउने उद्देश्यले प्रादेशिक अस्पताल लहानमा शुरुआत गरेको जनाइएको छ । युनिसेफको सहयोगमा चार प्रदेशका चार वटा अस्पतालमा पेन प्रोजेक्ट लागू भएको हो ।ब्लड प्रेसर, डायबटिज, क्यान्स, मुटु रोग लगायत चार प्रकारका नसर्ने रोग तथा धु्रमपान, मद्यपान, अनियमित खानपान तथा अनएक्टिभिटीला

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • २७५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२