X wada

आर्थिक

    Showing ४१-५० of ५४७ items.
  • सवारी जरिवानाबाट राजश्व बृद्धि

    सप्तरी जेठ २० गते । चालु आर्थिक वर्षको एघारौं महिना बितिरहँदा सप्तरीमा सवारी जरिवाना वापतको राजस्वमा वृद्धि भएको छ । जिल्लामा सवारी चेकजाँचमा खटिने ट्राफिक प्रहरीहरुले सडकमा चल्ने दुई पांग्रे सवारीदेखि अधिकांश सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने गरेका छन् । सवारी चलाउनेहरु सवारीचालक अनुमतिपत्र, ब्लुबुक नदेखाउँदा न्युनतम पाँच सयदेखि पाँच हजारसम्म जरिवाना तिराउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो । सप्तरीमा चालु आर्थिक वर्षमा भएको पाँच सय ५२ सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भएका छ । त्यस्तै उक्त सडक दुर्घटनाबाट एक हजार २१ जना घाइते भएका छन् । गत

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • २२९ पटक पढिएको
  • बोदे बरसाईनमा हरवा चरवालाई बचत तथा ऋण व्यवस्थापन तालिम

    राजविराज, ५ जेठ । सप्तरीको बोदे बरसाईनका हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई  बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा बोदे बरसाईन नगरपालिकामा जेठ ३ देखि जेठ ५ गतेसम्म सञ्चालित सो तालिमा बोदे बरसाईन नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका ३० जनाको सहभागिता रहेको थियो ।तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • १८० पटक पढिएको
  • हरवा चरवालाई बचत तथा ऋण व्यवस्थापन तालिम

    राजविराज, २९ बैशाख । हरवा चरवा बचत तथा ऋण समुहका पदाधिकारीहरुलाई  बचत तथा ऋण व्यवस्थापन तीन दिने तालिम दिईएको छ । द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोमा बैशाख २६ देखि २८ गतेसम्म सञ्चालित सो तालिमा डाक्नेश्वरी नगरपालिकाको बिभिन्न वडामा गठित हरवा चरवा बचत तथा ऋण समुहका २५ जनाको सहभागिता रहेको थियो ।तालिम समापन कार्यक्रममा बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई संस्थाको व्यवस्थापसँगै बचत तथा ऋण प्रवाहमा सदुपयोग गर्न सुझाव समेत दिएका छन् ।श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर बिनोदानन्द चौधरीले संस्थागत विका

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • १५३ पटक पढिएको
  • प्रि-बजेट छलफल सकिंदै, अर्थमन्त्रीले आजै जवाफ दिने

    सिरहा,बैशाख २७ गते । बर्खे अधिवेशन सुरु भएसँगै संघीय संसदमा प्रि–बजेटबारे छलफल भइरहेको छ ।आज प्रि-बजेट छलफलको अन्तिम दिन हो । गत आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार उक्त प्रस्तावमाथिको छलफल आज सकिंदैछ ।छलफल सकिंएसँगै आजै अर्थमन्त्री महतले संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रि-बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।संसदमा बजेट प्रस्तुत गर्नुभन्दा

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • १८० पटक पढिएको
  • होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिन व्यवसायीहरुको माग

    वीरगञ्ज, १७ बैशाख । होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय संघ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ ।  संघका अध्यक्ष हरि पन्त नेतृत्वको होल तथा पर्यटन व्यवसायीहरुको टोलीले सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् । मुलुकको आर्थिक विकासमा होटल तथा पर्यटन व्यवसाय क्षेत्रको महत्वपुर्ण भूमिका रहेको भन्दै होटल तथा पर्यटन व्यवसायीहरुले यस क्षेत्रको विकासका लागि उद्योग सरहको मान्यता दिनुपर्ने माग गरेका छन् । उद्यम र रोजगारीको भरपर्दाे श्रोत तथा बैदेशिक मुद्रा आर्जनको उपयुक्त माध्यम होटल त

    • प्रकाशित मितिः वैशाख १७, २०८०
    • २५७ पटक पढिएको
  • हरवा चरवा महिलाहरुको मुख्य आयश्रोत बन्दै साना व्यापार

    सप्तरी, १० चैत्र (रासस) ः सप्तरीको रुपनी गाउँपालिका– १ रायपुरकी सुनैरदेवी सदालाई अचेल विहान हुने बितिकै पसल खोल्न हतारो हुन्छ । गाउँ बस्तीका धेरै जसो मानिसहरु विहान उठ्ने बितिकै घरको काममा व्यस्त हुदाँ सुनरैरदेवीलाई भने कतिबेला पसल खोलेर समान बेच्ने भन्ने हतारोमा हुन्छ । बस्ती नजिक रहेको कन्छु नरप्रताप माविको छेउमा खोल्ःनुभएको किराना पसल चलाउने उहाँको दैनिकी नै बनेको बताउनुहुन्छ । न्यून पुँजीमा सुरु गरेको किराना पसल अहिले उहाँको परिवार पाल्ने मुख्य माध्यम समेत बनेको छ ।केही बर्षअघि सम्म दुई छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोलिएकी सदाको अब भन्ने त्यो दुखको दिन गएको छ ।पुँजीको आभावमा आर्थिक उन्

    • प्रकाशित मितिः चैत ११, २०७९
    • १९० पटक पढिएको
  • फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति

    जनकपुर, फाल्गुन २५ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५, महेन्द्रनगरस्थित न्यू कृष्णा फर्निचर उद्योगमा आगलागीबाट करिब ६० लाख रुपियाँ मूल्य बराबरको फर्निचरका सामान जलेर नष्ट भएको छ ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार बुधबार राति ९ बजे महेश शर्माले सञ्चालन गर्दैआएको न्यू कृष्णा फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागी हुनुको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट टिनले छाएको टहरा पूर्णरुपमा जलेर नष्ट भएको छ । टहराभित्र रहेका मेशिन, काठ, र तयारी फर्निचर जलेको छ । फनिर्चर उद्योगमा लागेको आगो इलाका प्

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • २५५ पटक पढिएको
  • लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही

    काठमाडौँ, फाल्गुन १७ गते । अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ ।राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेको छ ।राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा भनिएको छ– “सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था हुन् । यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुन्छन् ।”लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • १९३ पटक पढिएको
  • आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सीमा

    काठमाडौँ, फागुन १४ गते । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाएको छ । आयोगअन्तर्गतको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन वर्षका लागि राष्ट्रिय स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गर्दै नयाँ बजेटको सिलिङ कम गरेको हो । समितिले आव २०८०/८१ को बजेटका लागि १६ खर्ब ८८ अर्ब रुपियाँको सीमा निर्धारण गरेको हो । यो सीमा चालू आर्थिक वर्षको सुरु बजेटको तुलनामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँले कम हो । चालू आर्थिक वर्षकै लागि आयोगले निर्धारण गरेको खर्च सीमाको तुलनामा भने आगामी आर्थिक वर्षको सीमा ५७ अर्ब रुपियाँले कम हो । चालू आर्थिक वर्षका लागि आयोगले सुरुमा १७ खर्ब

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • १९४ पटक पढिएको
  • एक महिनामा सात सय क्विन्टलको व्यापार

    जनकपुर, माघ १४ गते । मेलाबाट ल्याइने कोसेली (सनेस) अनेक हुन सक्छन् । मेला भर्न गइसकेपछि त्यहाँ पाइने अनौठो, राम्रो र मनपर्ने चिजवस्तु किनेर ल्याइन्छ । धेरैको छनोटमा मिठाई, कपडा, खेलौना, भाडावर्तन पर्ने गरेको पाइन्छ ।धनुषा जिल्लाको धनुषाधाममा माघ १ गतेदेखि एकमहिने मकरसङ्क्रान्ति मेला सुरु भएको छ । माघेसङ्क्रान्तिका दिनदेखि लाग्ने मेला माघ महिनाभरि लाग्ने गरेको छ । यस मेलाको आफ्नै विशेषता र महत्त्व पनि रहेको चर्चा गर्दै स्थानीय रामभरत साहले भन्नुभयो, “साताको अन्य दिनभन्दा आइतबार र मङ्गलबारको मेलामा असाध्यै भीडभाड हुन्छ ।” यस हिसाबले महिनामा आठ दिन अत्यधिक भीडभाडको धनुषाधाम मेला भर्न धनुषा,

    • प्रकाशित मितिः माघ १४, २०७९
    • २१६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२