मकवानपुर, ९ जेठ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका बिभिन्न वडाका पशुमा फैलिएको लम्पी स्किन संक्रमण बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । 

लम्पी स्किन रोग फैलिएको वडा नम्बर १६, १७ र १८ मा पशु सेवा कार्यालय मकवानपुर हेटौंडाले लम्पी स्किन बिरुद्धको खोप लगाउन सुरु गरेको हो । ती वडाहरुमा पशु चिकित्सकसहितको टोली परिचालन गरी लम्पी स्किन संक्रमण बिरुद्धको खोप अभियान सुरु गरिएको पशु सेवा कार्यालय मकवानपुर हेटौंडाका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।

सम्बन्धी वडाका वडाअध्यक्ष, दुध डेरी सञ्चालन तथा किसानहरुको उपस्थितिमा पशुमा लम्पी स्किन बिरुद्धको खोप अभियान सुरु गरिएको प्रमुख डा. ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार वडा नम्बर १६ मा चार हजार, वडा नम्बर १७ मा दुई हजार र वडा नम्बर १८ मा दुई हजार गरी आठ हजार पशुमा लम्पी स्किन बिरुद्धको लगाईनेछ । बिगत केही दिनयात तीन वटै वडामा फैलिएको लम्पी स्किन संक्रमणका कारण पशु मर्न थालेकाले खोप अभियान सञ्चालन गरिएको प्रमुख डा.ठाकुरको भनाई छ ।  

लम्पीको संक्रमण देखिएपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने, खुट्टा सुनिने, दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने गरेको छ ।