राजविराज, ७ असार । बेकरी व्यवसायीहरुलाई  खाद्य स्वच्छता तथा लेबुलिङ सम्बन्धी एक दिने अभ्यास कार्यक्रम राजविराजमा शुक्रवार सम्पन्न भएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजको आयोजनामा सम्पन्न कार्यशालामा सप्तरी र सिरहाका २५ जना बेकरी व्यवसायीहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख बिक्रम लिम्बु र खाद्य निरीक्षक राजिन बुढाथोकीले बेकरी उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने मापदण्ड, तरिका, अनिवार्य लेबुलिङ विधि बारे प्रशिक्षण दिनुभयो । सो अवसरमा सहभागी बेकरी व्यवसायीहरुलाई बेकरीमा लेबलिङ गर्ने बिधि बारे अभ्यास समेत गराईएको प्रमुख लिम्बुले बताउनुभयो । बेकरी व्यवसायीहरुलाई लेबुलिङ सम्बन्धी प्रशिक्षण दिई खाद्य स्वच्छतामा गुणस्तरीयता ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको प्रमुख लिम्बुको भनाई छ ।