जनकपुरधाम, १२ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले आर्थिक बर्ष २०७९÷०८० मा रु. ५५ करोड ३४ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाका अनुसार आर्थिक २०७९÷०८० रु. ५५ करोड ३४ लाख १३ हजार ९६६ राजस्व सङ्कलन भएको छ । 

सबारी कर, सवारी चालक अनुमतिपत्र तथा नविकरण, नयाँ सवारी दत्र्ता र रुट प्रमिट लगायतका शिर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख बिरेन्द्र कुमार साहले जानकारी दिनुभयो । यो अघिल्लो आर्थिक बर्ष आर्थिक ०७८÷०७९ रु. ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको गरेको थियो । 

यस्तै आर्थिक आर्थिक ०७९÷०८० मा आठ हजार ९२२ वटा मोटरसाईकल, २१८ वटा ट्याक्टर, ४६६ वटा टेम्पु, इ–रिक्सा २९९ वटा, १५१ वटा जिप÷कार लगायत १० हजार २०३ वटा नयाँ सवारी दत्र्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । कार्यालय प्रमुख साहका अनुसार सो आर्थिक बर्षमा २० हजार ११८ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको छ । 

गत आर्थिक बर्ष ०७८÷०७९ मा १६ हजार १३ वटा मोटरसाईकल, ५०६ वटा ट्याक्टर, ४७१ वटा टेम्पु, इ–रिक्सा २८२ वटा, २३८ वटा जिप÷कार लगायत १७ हजार ८२६ वटा नयाँ सवारी दत्र्ता भएको थियो । विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी, बै.क तथा बित्तिय संस्थाहरुबाट ऋण प्रवाह नहुनु लगायतका कारण नयाँ सबारी दत्र्ता घटेको कार्यालय प्रमुख साहको भनाई छ । 

मधेस प्रदेश सरकारले पाँच बर्ष भन्दा बढी समयदेखि नविकरण नगराएको सबारी साधनको नविकरणमा लाग्ने जरिवाना छुट गर्नु, कर्मचारीहरले इमान्दारितापुर्वक कार्यालय समयमा बसेर काम गरेकाले राजस्व सङ्कलमा बृद्धि भएको कार्यालय प्रमुख साहले बताउनुभयो ।