X wada

स्वास्थ्य

    Showing २१-३० of २०५ items.
  • नाला थुनिँदा फैलियो दुर्गन्ध

    लहान, फागुन १४ गते । लहानको मुख्य चोकमा नालाको फोहोर पानी नबग्दा दुर्गन्ध फैलिएको छ। नालाबाट निरन्तर फोहोर पानी नबग्नु ठूलो समस्या भएको लहान–१ का शङ्करप्रसाद गुप्ताले बताउनुभयो। उहाँका अनुसार नाला सफा गरेको दुईरचार दिनमै फेरि नाला पुरिने गरेकोले यस्तो समस्या भएको हो।  खुला नालामा प्लास्टिकको खानेपानीको बोतल, पसल बढारेर जम्मा गरेको फोहोर फाल्दा जाम भइ दुर्गन्धित हुने गरेको हो। लहान–१ समाजसेवी नेनीलाल रामले भन्नुभयो, “लहान नगरपालिकाले सरसफाइ नगरेको होइन, स्थानीयहरूले जथाभावी फोहोर फालेर समस्या उत्पन्न गरिरहेका छन्। यो समस्यालाई समाधान गर्न टोल समिति र वडा कार्यालय जिम्मेवार हुन आवश्यक

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • २११ पटक पढिएको
  • मिर्चैया नगर अस्पताल

    सिरहा,फाल्गुन ९ गते । सिरहास्थित मिर्चैया नगर अस्पतालमा विरामीको चाप अत्यधिक बढेको छ । न्यून जनशक्तिका कारण सामान्यतया दैनिक एक सय देखि डेढ सयको संख्यामा विरामीहरु आउन थालेपछि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई भ्याई न भ्याई भएको हो ।अस्पतालले कम खर्चमा छिटो छरितोसँगै विश्वसिनियता सेवा दिन थालेपछि आफूहरु निजी अस्पतालमा उपचार गराउन छोडेको सेवाग्राहीहरु बताउँछन् । २४ शैय्याको अस्पताल नगरपालिकाले आफ्नै स्रोत साधनबाट चौविसै घण्टा सुत्केरी लगायतका अन्य विरामीहरुको सेवा प्रवाह गर्न थालेपछि विरामीको संख्या बढेको हो । विरामीको चाप अनुसार स्टाफको कमीले अस्पताल व्यवस्थापन गर्न कठिनाइ भइरहेको अस्पतालक

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • १,५९२ पटक पढिएको
  • प्रादेशिक अस्पताल लहानसँग सम्झौता

    सिरहा,फाल्गुन ५ गते । नेपाल सरकारको ऋजष्मि ७ ब्मयभिकअभलत एभ्ल् एगिक एचयवभअत लाई विशिष्टकृत सेवा विस्तार तथा रेफरल सेन्टरको रुपमा विकास गर्ने उद्देश्यले काठमाडौ ईन्स्टिच्यूट अफ चाईल्ड हेल्थ र प्रादेशिक अस्पताल लहान, सिरहा बिच आज सम्झौता भएको छ ।नेपाल सरकारले चार वर्ष अगाडि ल्याएको पेन प्लस प्रोजेक्टले मधेश प्रदेशमा थप प्रभावकारी बनाउने उद्देश्यले प्रादेशिक अस्पताल लहानमा शुरुआत गरेको जनाइएको छ । युनिसेफको सहयोगमा चार प्रदेशका चार वटा अस्पतालमा पेन प्रोजेक्ट लागू भएको हो ।ब्लड प्रेसर, डायबटिज, क्यान्स, मुटु रोग लगायत चार प्रकारका नसर्ने रोग तथा धु्रमपान, मद्यपान, अनियमित खानपान तथा अनएक्टिभिटीला

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • २७५ पटक पढिएको
  • स्वास्थ्य वीमा अभियान

    सिरहा, फाल्गुन ३ गते  । स्थानीय जनतालाई स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले सिरहास्थित मिर्चैया नगरपालिकाले स्वास्थ्य वीमा कार्यक्रमलाई अभियानको रुपमा लैजाने भएको छ । स्वास्थ्य वीमा कार्यक्रम अभियानलाई आज मंगलबार उद्घाटन गर्दै नगरपालिकाले नगर क्षेत्रभित्र रहेको १२ वटै वडामा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने जनाएको छ । वीमा उद्घाटनको क्रममा उपस्थित नगरपालिकाको सम्पूर्ण सदस्य तथा कर्मचारीहरुलाई आजैबाट वीमांकन गरिएको छ । ६० हजार जनता रहेको मिर्चैया नगरपालिकामा हालसम्म करिव ४ प्रतिशत जनताले मात्रै स्वास्थ्य वीमा गराए

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • १९९ पटक पढिएको
  • प्रादेशिक अस्पताल सिरहामा डाइलोसिस सेवा शुरु

    सिरहा,पुस २५ गते । सिरहाको प्रादेशिक अस्पताल सिरहामा डाइलोसिस सेवा शुरु भएको छ । डाइलोसिस सेवा संचालन भएसँगै डाइलोसिस गराउने विरामीहरुलाई अन्यत्र जानुपर्ने वाध्यताबाट मुक्त भएका छन् । १२ वडा बेड सहित संचालन भएको डाइलोसिसका वेडहरु अहिले भरिभराउ छन् । सर्वसुलभ तरिकाले स्थानीय स्तरमै डाइलोसिस सेवा पाउन भन्ने उद्देश्यका साथ संचालनमा ल्याइएको  अस्पताल संचालन समितिका अध्यक्ष सोमिन्द्र प्रसाद यादवले उल्लेख गर्नुभयो । यसअघि डाइलोसिसका लागि विरामीहरुलाई विराटनगर, धरान लगायतको दुर दराजको ठाउँमा जानुपर्ने वाध्यता रहेको थियो । जिल्लामा एक मात्र प्रादेशक अस्पताल सिरहामा संचालन भएको डाइलोसिस

    • प्रकाशित मितिः पुस २५, २०७९
    • २३४ पटक पढिएको
  • सिरहामा चिसोले बुढापाका र बालबालिका प्रभावित

    सिरहा,पुस २३ गते । केही दिनदेखि बाक्लो कुहिरोसँगै चलेको शितलहरका कारणसिरहा प्रादेशिक अस्पताल सिरहामा चिसोका विरामीको चाप बढेको छ । चिसोकोकारण अधिकांश बुढापाका र बालबालिका प्रभावित भएको जनाइएको छ । पहिला एक देखि एक सय पचास जना विरामी आउने अस्पतालमा अहिले दोब्बर अंकले विरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ । प्रादेशिक अस्पताल सिरहाका चिकित्सक डा. मनिष यादवका अनुसार चिसोको कारण दम र निमोनियाका विरामीहरुको अत्यधिक चाप बढेको उल्लेख गर्नुभयो ।शितलहरसँगै चलेको चिसोको कारण अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन तथा झोलिलो पदार्थहरु सेवन गर्न चिकित्सकले सल्लाह दिएका छन् । अत्यधिक चिसो बढेको

    • प्रकाशित मितिः पुस २३, २०७९
    • २४२ पटक पढिएको
  • स्वास्थ्य मन्त्रालय : चिनमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छ, बुस्टर डोज लगाउन आग्रह

    काठमाण्डौ,पुस ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ ।छिमेकी मुलुकहरुमा देखिएको यो भाइरस हालसम्म नेपालमा पुष्टि नभएको बताउँदै मन्त्रालयले खुला सीमाना र मानिसहरुको आवतजावतका कारणले नेपालमा फैलिन सक्ने जोखिम रहेकाले रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्ने उल्लेख गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले एक विज्ञप्ति जारी गरी इसाइ धर्माबलम्बीहरुके चाड क्रिसमस र इस्वी संवतको नयाँ वर्ष २०२३ नजिकिएको अवस्थामा भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।मन्त्रालयले कोभिड–१९ क

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १९२ पटक पढिएको
  • ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण

    विरगञ्ज,पुस ९ गते । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बताए ।वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म ९ वटा वटाका जनताले

    • प्रकाशित मितिः पुस ९, २०७९
    • १९८ पटक पढिएको
  • उच्च रक्तचाप जाँच्ने उपकरण घरमै राखेर प्रयोग गर्न सकिन्छ

    काठमाण्डौ,पुस४ गते । रक्तचाप सन्तुलित हुनुपर्छ तर विभिन्न कारणले यसमा उतारचढाव आइरहेको हुन्छ । रक्तचाप घटबढ हुनु स्वास्थ्यको लागि राम्रो होइन । त्यसैले समय–समयमा आफ्नो रक्तचापको स्थिति के छ भनेर जाँच गर्नुपर्छ, खासगरी वयस्क उमेरपछि ।अहिले धेरैजसो व्यक्तिलाई उच्च रक्तचापले सताइरहेको बेला यसको जाँच गर्नु अरु जरुरी भएको छ । रक्तचाप जाँच्नका लागि अहिले क्लिनिक वा अस्पताल नै धाउनुपर्छ भन्ने छैन । रक्तचाप जाँच्ने उपकरण घरमै राखेर प्रयोग गर्न सकिन्छ ।नेपाली बजारमा अहिले डिजिटल र एनालग गरेर मुख्य दुई प्रकारका ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर पाइन्छ ।कति पर्छ मूल्य ?डिजिटल ब्लड प्रेसर नाप्ने

    • प्रकाशित मितिः पुस ४, २०७९
    • १९० पटक पढिएको
  • बजारमा गुणस्तरहीन औषधि बिगबिगी, क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज

    काठमाण्डौ,मंसिर २६ गते । नेपालमा गुणस्तरहीन औषधिको बिगबिगी रहेको खुलासा भएको छ । नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको गुणस्तरहीन भएको पाइएको हो ।औषधि व्यवस्था विभागले काभ्रे बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो ।औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले विक्री वितरण प्रमाणपत्र नै रद्द गरेको जनाएको छ ।क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड ९भिटामिन सी आईपी ५०० ग्राम० औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • २२० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२