सिरहा २६ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२१ को एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्सले क्वालिफायरमा स्थान बनाएको छ ।कोलकाताले अब फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्नेछ । यस खेलको विजेताले चेन्नाइ सुपर किंग्ससँग उपाधिका लागि खेल्नेछ ।शारजहाँमा भएको खेलमा बेंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले २ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गरेको हो । कोलकाताको जितमा सुनिल नारिनले अलराउण्ड प्रदर्शन गरे ।बेंगलोरलाई १३८ रनमा रोक्न ४ विकेट लिएका सुनिलले ब्याटिङमा २६ रन बनाए । कोलकताका लागि शुबमन गिलले २९ र वेनकाटेश अयेरले २६ रन बनाए ।
सिरहा– स्वास्थ्य लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्दै आजदेखि सिरहाको धनगढीमाई नगरपालिका वडा नं.१३ स्थित डाबरमा प्रथम डाबर गोल्डकप फुटवल प्रतियोगिता संचालन भएको छ ।वडा दशैंको अवसरमा संचालित गोल्डकपमा १, २ र ३ नं. प्रदेश अन्तर्गतका सात वटा जिल्लाका खेलाडीहरुले भाग लिएका छन् । खेलको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गरेका हुन् ।रामधुनी युवा क्लव सुनसरी र २ नं। वाहनी ए।पी।एफ। बर्दिवासबीच भएको आजको उद्घाटन खेलमा रामधुनी युवा क्लव विरुद्ध ट्राइब्रेकरमा एक गोलले २ नंं बाहिनी ए।पी।एफ। बर्दिवासले जित हासिल गरेको छ ।भाग लिने जिल्लाका टिमहरुमा क्रमशः रामधुनी युवा क्लव सुनसरी, २
Copyright © 2021 / 2025 / purbanchalexpress.com / All Rights Reserved.