कार्तिक १ गते सिरहा । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजीनामा दिएका छन्।

आफ्नो फेसबुक एकाउन्टमा जाँदै प्रशिक्षक अल्मुतैरीले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाबलनको कारण आफ्नो पदबाट राजीनामा दिएको फेसबुक एकाउन्टमा लेखेका छन्। 

प्रिय नेपाली प्रशंसकहरु "म एन्फा मा जाँदैछु र म एन्फा को वरिष्ठ उपाध्यक्ष को कारण बाट राजीनामा दिदै छु, पछिल्लो ३ हप्ता मा हरेक दिन उसले मलाई नाटक बनायो। मलाई आशा छ कि तपाइँ अब पंकज नेम्बाबलन खुशी हुनुहुन्छ" अल्मुतैरीले लेखी पोष्ट गरेका थिए ।

khel trening

नेपाली राष्ट्रिय टोलीले अलमुतैरीको प्रशिक्षणमा विश्वकप फुटबल २०२२ र एएफसी फुटबल २०२३ को छनौट खेलि सकेको छ । प्रशिक्षक अलमुतैरीकै प्रशिक्षणमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । फुटबल विश्वकप २०२२ को छनोट अन्तर्गतको दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेई अतिरिक्त अष्ट्रेलिया र जोर्डनविरुद्ध हार बेहोरे पनि सुधारिएको प्रदर्शन गरेको थियो ।