राजविराज, ४ जेठ । नेकपा माओवादी केन्द्रले सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नम्बर ३ को पुनः मतगणना गर्न माग गरेको छ । मतगणनाको क्रममा निर्वाचन अधिकृतले बलजफ्ती तरिकाबाट आफ्नो पार्टीका वडाअध्यक्षको उम्मेदवार भुवनेश्वर यादवलाई एक मतले पराजित गरी काँग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको भन्दै माओवादीले पुनः मतगणनाको माग गरेको हो । ‘‘मतगणनाको क्रममा हाम्रो वडाअध्यक्षमा उम्मेदवार तीन मतले अगाडी थियो”,माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश कुमार यादवले भन्नुभयो,‘‘ तर परिणाम घोषणा गर्दा एक मतले पराजित कसरी हुन सक्छ ? निर्वाचन अधिकृतले बलजफ्ती हाम्रो पार्टीलाई पराजित गरी काँग्रेस उम्मेदवारल
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.