सिरहा, भदौ ३ गते । सिरहाको सुखीपुर स्थित सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध रूपमा ओसारपसार भइरहेको पाउडर दूध र मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

भदौ ३ गते बिहान ०२स्३० बजेको समयमा  सुखीपुर वडा नं. ८ स्थित सडक खण्डबाट उक्त ओसारपोसार गर्दै गर्दा सिरहा बरियारपट्टी गाउँपालिका वडा नं। ३ बस्ने वर्ष २६ का रामदेवन यादवलाई ५ बोरा ‘सागर पाउडर दूध’ प्रयोग गरिएको स ९ प २५८३ नम्बरको पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुखीपुर बेसबाट सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बीरेन्द्र कुमार यादवको कमान्डमा खटिएका टोली गण नं. ७ गण हे। क्वा सिरहाबाट खटिएका ४ जनाको संयुक्त प्रहरी टोलीले सामानसहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका व्यक्ति, सामान र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय सिरहामा बुझाउने प्रक्रिया अघि बढाइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी वल सिरहाले जनाएको छ।