सिरहा,फालगुन २७ गते । सिरहा सदरमुकामस्थित जिल्ला अदालतको अगाडिमा रहेको मधेश ल फर्ममा बम विष्फोट भएको छ । वम विष्फोटबाट ल फर्मका संचालक मधुसुदन यादवका २८ वर्षीय छोरो शौरभ यादव घाइते भएका छन् । घाइते यादवको उपचार प्रादेशिक अस्पताल सिरहामा भइरहेको वताइएको छ ।
विष्फोटका कारण कार्यालयको कम्प्युटर, प्रिन्टर तथा फर्निचरहरुमा क्षति भएको छ ।
फर्मका संचालक यादवले आफूसँग कसैको त्यस्तो मनमुटाव नभएको भन्दै सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
आज दिउँसो भएको उक्त वम विष्फोट कसले र किन गराएको सोको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो ।




















