सिरहा,फाल्गुन २४ गते । फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सिरहाको चारै वटा क्षेत्रमा ठूलो मतान्तरका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।
मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पूर्व खेलकुद मन्त्री बब्लु गुप्ताले एकतालिस हजार तीन सय २५ मत पाएका छन् भने निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार सात सय छयासी मत मात्र प्राप्त गरेका छन् । दुई जनाको मतान्तर फरक एकतीस हजार पाँच सय उन्नचालिस रहेको छ । सिरहा जिल्लामा निर्वाचित क्षेत्र मध्ये सबैभन्दा बढी मतले गुप्ता विजयी भएका हुन् ।
त्यस्तै सिरहा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिवशंकर यादवले नेपाली कांग्रेसका रामचन्द्र यादवले छब्बीस हजार सात सय चौदह मतको मतान्तर गर्दै विजयी हुनुभएको छ । मत परिणाम अनुसार विजयी यादव उन्नचालिस हजार पाँच सय ६१ मत प्राप्त गरेका छन् भने प्रतिदन्दी यादवले बाह्र हजार आठ सय सत्रह मत प्राप्त गरेका हुन् ।
त्यसैगरी सिरहा क्षेत्र नं. ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार डा. शम्भु यादव प्रतिनिधि सभा सदस्यको लागि विजयी भएका हुन् । उहाँका निकटतम प्रतिदन्दी नेकपा एमालेका लीलानाथ श्रेष्ठले बाईस हजार त्रियानब्बे मतान्तरले विजयी भएका हुन् । विजयी यादवले ३२ हजार दुई सय उन्नपचास मत पाएका हुन् भने श्रेष्ठले दश हजार एक सय छपन्न मत प्राप्त गरेका हुन् ।
सिरहा क्षेत्र नं.४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार तपेश्वर यादवले जित हासिल गरेको छ । उहाँले अठाईस हजार दुई सय अरतीस मत परिणामको मतान्तर गर्दै विजयी भएका हुन् । विजयी यादवले ३२ हजार दुई सय उन्नपचास मत पाएका हुन् भने उहाँको निकटतम रहेका नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकले सात हजार नौ सय बहत्तरी मत प्राप्त गरेका हुन् ।
फाल्गुन २१ गते सम्पन्न प्रतिनिधी साभाको निर्वाचनमा सिरहा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको छ । ७ लाख ३९ हजार ९ सय ५३ जनसंख्या रहेको सिरहा जिल्लामा मतदाता संख्या भने ४ लाख ५३ हाजार ६ सय ४३ रहेका छन् । यसपालिको निर्वाचनमा ६५ प्रतिशत अर्थात २ लाख ९० हजार ४ सय ४७ मतदाताले मतदान गरेका थिए ।




















