सिरहा,फाल्गुन २१ गते । देशभरीसँगै सिरहामा पनि प्रतिनिधि सभा सदस्यको लागि भएको निर्वाचनको मत गणना चारै निर्वाचन क्षेत्रमा जारी  छ । 

मतगणनाको पछिल्लो जानकारी अनुसार मत गणना भइरहेको क्षेत्र नं. १, २ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको अग्रता कायमै रहेको छ । 

पछिल्लो मत परिणाम अनुसार सिरहा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बब्लु गुप्ताले आठ सय पचास, नेपाली कांग्रेसका उम्मेद्वार रामसुन्दर चौधरीको एक सय ९५ र र नेकपा एमालेका उम्मेद्वार रामशंकर यादवको एक सय सैतिस मत प्राप्त गरेका छन् । 

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शिव कुमार यादवले एक हजार चार सय चालिस, नेपाली कांग्रेसका रामचन्द्र यादवको दुई सय उन्नानसय र नेपाली कम्युनिष्ट पार्टीका मुक्ति नारायण सिंहले सतासी मत प्राप्त गरेका छन् । 

त्यस्तै सिरहा क्षेत्र नं. ४ को पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार तपेश्वर यादवले १८९३ मतले अगाडि छन् भने उहाँलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार अजय शंकर नायकले ६९० मतले पछ्याई रहेको छ । त्यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसका चन्द्रकला कुमारी यादवल ४१२ मत प्राप्त भएको छ । 

प्राप्त जानकारी अनुसार सिरहा क्षेत्र नं. ३ मा सर्वदलीय बैठक पश्चात् मतगणना कार्य शुरु भएको वताइएको छ ।