सिरहा, माघ १६ गते । सिरहाको गोलवजारमा प्रेस सेन्टर नेपाल सिरहाले २२ औं सथपना दिवस मनाएको छ । परिपर्तनको पक्षमा कलम चलाउदै वलिदान दिउका महान सहिद कृष्ण सेन ईच्छुक सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पपन गर्दै २२ औं सथपना दिवस मनाएको हो ।

मुलुकमा हरेक परिवर्तन सञ्चार क्षेत्रका विषेश भूमिका रहेको उल्लेख गर्दै आगामी दिनमा समाजको अग्रगामी भूमिकामा रही प्रेस सेन्टरले देश,जन्ता र श्रमजीवी वर्गको हितमा सञ्चारकर्मीले आफुलाई उभ्याउनु पर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता  तथा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री विश्वनाथ साहले बताउनु भयो ।   

पुर्व मन्त्री रामचन्द्र यादवले महान सहिद कृष्ण सेन ईच्छुक लगायत सहिदलाई श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता केवल सूचना प्रवाहको माध्यम मात्र नभई समाज परिवर्तनको सशक्त औजार भएको धारणा राख्दै प्रेस सेन्टर नेपाल सधैँ सत्य, न्याय र जनताको पक्षमा कलम चलाउँदै आएको बताउनु भयो ।

वर्तमान समयमा पत्रकारहरू विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेशागत सुरक्षा तथा हकहित संरक्षणका लागि प्रेस सेन्टर नेपाल अझ सशक्त रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।