सिरहा,पुस ३० गते । माघी पर्वको अवसरमा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ स्थित तिनकोनीमा स्थानीय स्तरमा गठित सूर्योदय टोल सुधार संस्थाले जेष्ठ नागरिक, अपांग तथा एकल महिला दुई दर्जन बढी व्यक्तिहरुलाई न्यानो कपडा फाइबर सिरक वितरण गरेको छ । 

स्थानीय स्तरमा संकलित रकमबाट जाडो छल्न फाइबर सिरक वितरित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका निवर्तमान नगरप्रमुख एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरीले गाउँवासीको एकताकै कारण जेष्ठ नागरिक सम्मान गर्ने ठाउँसम्म आइपुगेकाले अझ एकतालाई मजबूत पार्दै जानुपर्ने वताउनुभयो । 

उक्त कार्यक्रममा विशिष्ट अतिथि बुद्धिलाल चौधरी, ऋण समितिका सदस्यहरु सुगालाल चौधरी, रामप्रसाद चौधरी, हरिदेव चौधरी, दानालाल चौधरी लगायतले संस्थालाई मजबूत पार्दै जाने उल्लेख गर्नुभयो । 

२०५४ सालमा गठित सूर्योदय बाल क्लवबाट सूर्योदय टोल सुधार संस्थामा नामाकारण गरिएको संस्थाले हालसम्म करोड बढीको कारोवार रहेको टोल सुधार समितिका सदस्य सचिव कृष्ण कुमार सिंहले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता हिरालाल चौधरी, स्वागत बासुदेव चौधरी एवम् नागेश्वर चौधरीको संचालनमा सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रमको पूर्व सन्ध्यामा स्थानीयहरुले सरसफाई अभियान समेत संचालन गर्नुभएको थियो ।