सिरहा,पुष १७ गते । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत  गरिब, दलित तथा अत्ति बिपन्न परिवारलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।

बैंकको मधेश प्रदेश प्रमुख श्याम चवाईंले लहान नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दाहरुलाई फाईबर सिरक वितरण गर्नुभएको छ ।

यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । 

उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं.०५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिनेछ ।कामना सेवा विकास बैंकद्वारा लहान नगरपालिका वडा नं. ५ का विपन्न परिवारलाई फाईबर सिरक वितरण गरेका हुन।

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लहान मार्फत लहान  गरिब, दलित तथा अत्ति बिपन्न वर्गहरुलाई जाडोयाममा फाईबर सिरक वितरण गरेको छ ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने मधेश प्रदेश प्रमुख चवाईंले बताउन् भयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम स्थानीयलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसरी जाडोयाममा फाइबर सिरक वितरण भएकोमा स्थानीयहरुले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् । उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, लहान नगरपालिका वडा नं.०५ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष तथा स्थानीयको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने लहान शखाका प्रमुखले बताउनु भयो ।

WhatsApp Image 2026-01-01 at 1.06.06 PMWhatsApp Image 2026-01-01 at 1.16.24 PM (1)WhatsApp Image 2026-01-01 at 1.05.54 PM