सिरहा।कार्तिक ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा बहुला कुकुरको टोकाईबाट दुई दर्जन बढी घाइते भएको छ । घाइतेहरुको उपचार रामप्रसाद उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानमा भइरहेको छ ।
अस्पतालका ईमेरजेन्सी वाडका इन्चार्ज रमेश यादवका अनुसार घाइतेहरुको क्याटोगरी गरी सामान्य खालको टोकाइमा परेका विरामीहरुलाई घर फर्काइएको छ भने जटिल खालको टोकाइका विरामीलाई अस्पतालमै राखेर उपचार गरिरहेको वताउनुभयो ।
बहुला कुकुरको टोकाईबाट धनगढीमाई नगरपालिका वडा नं. २, ३, १० र ११ नं. वडाका स्थानीयहरु रहेको अस्पताल स्रोतले जनाएको छ । घाइते श्याम साहका अनुसार बहुला कुकुरले जथाभावी मानिसमाथि हमला गरी घाइते बनाउँदै भाग्दै गरेको वताउनुभयो ।
हालसम्म बहुला कुकुर फेला नपरेकाले वरपरका स्थानीयहरु भयभित बनेका छन् । इलाका प्रहरी कार्यालय धनगढीका अनुसार टोकाई गर्ने कुकुरको खोजी कार्य भइरहेको वताउनुभयो ।



















