सिरहा, कार्तिक १० गते । सबैको साझा महान पर्व छठको आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका नदी तलाउ तथा पोखरीहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिनन नदी, तलाउ तथा पोखरीहरुलाई सजि सजाउँ तथा रंगविरंगी झिलिमिली बति, फुल गुच्चा एवम् पूजाका सामाग्रीहरुले झकिझकाउ बनेका छन् ।

लोक आस्थाको महान छठ पर्व गर्नाले सन्तान प्राप्ति, निरोगिता एवम् सुख शान्ति प्राप्ति हुने जनविश्वासले पनि यो पर्व विशेष महत्वका उल्लासमय तरिकाले मनाइँदैछ ।
विशेष गरी मिथिलाञ्चल तथा तराई मधेशमा मनाइने महान पर्व पछिल्लो केही वर्षदेखि सबै जातजातिले मुलुकभरी नै मनाउन थालेकाले ब्रतालुहरुको संख्या वर्षेनी बढ्दै गएको छ ।
सूर्यदेव र षष्ठीदेवी (छठी देवी) को आराधना गरी चार दिनसम्म मनाइने पर्व भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुनेछ ।




















