सिरहा,कार्तिक ९ गते । धुमधाम एवम् बडो निष्ठापूर्वक देशैभरी मनाइने महान छठ पूजाको लागि सिरहामा पूजाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । सिरहाका विभिन्न नदी, तलाउ तथा पोखरीहरु सिंगारिएको छ ।
सरसफाई तथा रंगविरंगी पातपतैका, टेण्ट तथा फुल गुच्चाले सजि सजाउ भएको नदी, तलाउ तथा पोखरीहरु दुलहीजस्तै सिंगारिएको छ भने गाउँ शहरमा छठी माताको गितले गुञ्ज्यमान भएको छ ।
लोक आस्थाको महान पर्व छठ पर्व भोलि सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई उल्लासमय तरिकाले मनाउने छठ पर्व मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुनेछ ।



















