सिरहा,बैशाख ३० गते । पूर्वपश्चिम लोकमागए अन्र्तगत सिरहाको सोनापुरमा बसले साईकल यात्रीलाई ठक्कर दिदा एकको मृत्यु भएका छन् ।

पूर्वबाट पश्चिम गई रहेको यात्रुबाहक बस प्र.२–०२–००१ ख।८१४५ नं.को रियाज ट्राभल्सको ठक्करबाट स्थानिय परशुराम सदाय घाईते भएका थिए उनको उपचारको क्रममा मृत्यु भएको छ  ।

प्रत्यक्षदर्शीका अनुसार बस ओभर स्पिडका कारण जिल्ला सिरहा धनगढीमाई ११ सोनापुर बस्ने परशुराम सदायलाई ठक्कर दिईएको पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।

 सदायको स्थानिय श्रमजिवि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भन्ने चालक र गाडी ईलाका प्रहरी कार्यालय धनगढीमा रहेको इलाका प्रहरी कार्यालय धनगढीले बताए । सदायको शब पोस्टमार्डमको लागी प्रादेशिक अस्पताल लहानमा पठाईएको छ  ।