सिरहा,बैशाख ३० गते । पूर्वपश्चिम लोकमागए अन्र्तगत सिरहाको सोनापुरमा बसले साईकल यात्रीलाई ठक्कर दिदा गम्भिर घाईते भएका छन् ।
पूर्वबाट पश्चिम गई रहेको यात्रुबाहक बस प्र.२–०२–००१ ख.८१४५ नं.को रियाज ट्राभल्सको ठक्करबाट स्थानिय परशुराम सदाय घाईते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार बस ओभर स्पिडका कारण जिल्ला सिरहा धनगढीमाई ११ सोनापुर बस्ने परशुराम सदायलाई ठक्कर दिईएको पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।
धाईते सदायको उपचार स्थानिय श्रमजिवि अस्पतालमा भई रहेको छ । भन्ने चालक र गाडी ईलाका प्रहरी कार्यालय धनगढीमा रहेको इलाका प्रहरी कार्यालय धनगढीले बताए । सदायकाे अबस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जनाएकाे छ ।