सिरहा,बैशमख २९ गते । सिरहाको लहान नगरपालिका वडा नं. १५ ढोढनास्थित राजदेवी पंचावती मन्दिरमा बलि चढाउने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । 

धार्मिक आस्था केन्द्रको रुपमा रहेको पंचावती मन्दिरमा आजको दिन भाकल पूरा गरे मनोकामना पूरा जनविश्वासको कारण बलि चढाउने र भाकल गर्ने श्रद्धालुहरुको भीड लागेको कारणले पनि आजको दिन यहाँ ठूलो मेला समेत लागेको छ ।

सबै भन्दा बढी पशु वलि चलढाउने बाराको गढिमाई मन्दिर पछिको दोस्रो ठुलो बलि चढाउनेको रुपमा रहेको राजदेवी पंचावती मन्दिरमा आज विदेशबाट असंख्य रुपमा श्रद्धालुहरुको भीड लागेको हो ।

राजदेवी पंचावती मन्दिरमा आजको दिन करिव बीस हजारको हाराहारीमा पशु बलि चढेकोे मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

वर्षौदेखि चलि आएको यो प्रथा प्रत्येक वर्ष बढोत्तरी हुँदै गएको वताइएको छ । 

000