सिरहा,बैशाख २० गते । डिभिजन वन कार्यालय लहान सिरहाले कृषि वन समूह मार्फत् स्थानीयलाई बढी भन्दा भन्दा आम्दानी गराउने उद्देश्यले कृषि वन सम्बन्धी तालिम संचालन गरेको छ ।

त्यतिकै खेर गइरहेको खाली, ऐलानी पर्ति जग्गा, निजी, नदी उकास जग्गा एवम् ऐलानी पर्ति जग्गामा कृषि वनको रुपमा विकास गरी वोटविरुवा रोपनसँगै स्थानीयको आम्दानी गराउने उद्देश्यले कार्यक्रम संचालन गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले उल्लेख गर्नुभयो । 

vlcsnap-2025-05-02-19h46m17s009

सिरहाको तीन वटा पालिकामा संचालित समृद्धिको लागि वन कार्यक्रम अन्तर्गत गठित चार वटा कृषि वन समूहका पदाधिकारीहरुलाई दिएको तालिमले कृषि वनमा वोटविरुवा रोपनसँगै कृषि वाली लगाउन अभिप्रेरित गर्ने तालिमको उद्देश्य रहेको वताइएको छ । 

कृषि वन प्रणाली अपनाएको समूह धेरै रहे पनि हालसम्म आधिकारिक रुपमा कृषि वन नरहेको डिभिजन वन कार्यालय लहान सिरहाले जनाएको छ । कार्यक्रमको सहजीकरण वन विज्ञ कृषिप्रसाद यादवले गर्नुभएको हो ।