सिरहा,चैत्र २७ गते । सिरहाको धनगढीमाई नगरपालिका
वडा नं. १० जिरोमाईल चौक स्थित पूर्व पश्चिम लोक मार्गमा उर्ईङगर र मोटर साईकल
ठोकीदा एक जना घाईते भएको छ ।
पूर्वबाट
पश्चिम तर्फ जाँदै गरेको स ४ प १५३३ मोटर साईकलले प्र. २०१००१ ज ००२४ नम्वरका उईङगर लाई
पछाडी ठक्कर बाट दिदा मोटर साईकल चालक राम चन्द्र महतो घाईते
भएको हो ।
धनगढीमाई
नगरपालिका १० बस्ने अन्दाजी ५० वर्षिय मोटर साईकल चालक राम चन्द्र महतो घाईते भएको
ट्राफिक प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
घाईते
महातोको स्थानीय अस्पतालमा उपचार हुन नसकेर थप उपचारका लागि विराटनगर पठाईएको छ ।
यता
लहान नगरपालिका वडा नं. १९ बस्ने उईङगर चालक कमलेश यादव फरार भएकोे छ ।
मोटर
साईकल र उईङगर ईलाका प्रहरी कार्यालय धनगढीको नियन्त्रणमा रहेको र थप अनुसन्धा
भईरहेको प्रहरीले उल्लेख गर्नु भयो ।