सिरहा,चैत्र २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रवादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वंशकारी गतविधिले उदाङ्गो भएको बताएका छन् । 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले राजतन्त्र फर्कीने कुनै सम्भावना नरहेको वताउँदै प्रधानमन्त्री ओलीले अर्काको घरमा आगो लगाउने, औषधी उद्योगमा आगो झोस्ने, मिडियामा आक्रमण गर्ने तत्वको हातमा सत्ता पुग्यो भने के हुन्छ ?’ प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किन्छ भन्ने कुरा राती देखेको सपना होइन, दिउँदै घामलागेको बेला देखेको सपना हो । दिउँसो देखेको सपना कहिल्यै पुरा हँदैन, राजतन्त्र कुनै हालतमा फर्कदैंन उहाँले उल्लेख गर्नुभयो ।  

vlcsnap-2025-04-08-19h32m21s250

प्रधानमन्त्री ओलीले देशका ठूला र पुरानो पार्टी मिलेर सरकार चलाई रहेकोले यो सरकार चुनावसम्मै जाने वताउनुभयो । उहाँले एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकारले देशलाई अप्ठयारो स्थितिबाट जोगाउन, देशमा सुशासन कायम गर्न र विकासको गति बढाउनका लागि सरकार बनेकोले यो सरकार अगामी चुनावसम्म जाने दावी गर्नुभयो । 

मन्तव्यकै क्रममा उहाँले जिल्लाको नेतृत्व सवैलाई स्वीकार्य हुने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुभयो । ‘सहमति लोकतन्त्रको अझै उन्नत रुप हो सहमति र सहकार्य भएकोले साथिहरुले आफ्नो मूल्याङ्कन गर्नुहोस र अरु साथिहरुको कामको मूल्याङ्न गर्नुहोस् त्यसैको आधारमा नेतृत्व चयन गर्दा उत्तम हुने वताउनुहुँदै उहाँले एकतावद्धरुपमा जान नसक्ने अवस्था भयो भने चुनावमा जान पनि सल्लाह दिनुभयो 

vlcsnap-2025-04-08-19h31m52s180