सिरहा,चैत्र ५ गते । सशस्त्र सिमा सुरक्षा वल बरियारपट्टीले आज अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै प्रतिवन्धित माछा (मुर्गी) बरामद गरी नष्ट गरेको छ ।

सिरहा जिल्ला बरिपट्टी गा.पा.३ चमारटोल स्थित सिमा ईलाकामा स.प्र.वल नेपाल विओपी बरियारपट्टीबाट स.प्र.ना.नि.राम अयोध्या महतोको सहित ४ जनाको कमाण्डमा खटिएको चेक प्वाईन्ट टोलीले भारतबाट मुङ्गर्गी माछा ल्याउदै गरेको अबस्थामा बरामद गरी वडा अध्यक्ष विनोद कुमार यादबको रोहबरमा एक सय किलो माछा पक्राउ गरी नष्ट गरेको सशस्त्र निरिक्षक शंकर बहादुर थापाले जनाईएको छ । 

माछा ब्यपारीहरुले अबैध रुपमा भारतबाट अबैध रुपमा लुकीछिपि माछा तस्करी गरी नेपालका बजारमा विक्री वितरण गर्ने गरेको छ ।

बरियारपट्टीमा सशस्त्र प्रहरी निरिक्षक शंकर बहादुर थापा बरियापट्टी आए देखी राजश्वमा बृद्धि समेत भएको छ ।