सिरहा २६ फाल्गुन . कक्षा कोठाको अभावमा विद्यार्थीहरुलाई पठन पाठनमा भइरहेको असजिलो परिपूर्ति गर्ने उद्देश्यले सप्तरीको सुरुंगा नगरपालिका वडा नं. ५ स्थित श्री जनता मसीलाल जनता माध्यमिक प्राविधिक विद्यालयमा भवन निर्माण हुने भएको छ ।

बाउन्न लाखको लागतमा निर्माण हुने चार कोठे भवनको शिलान्यास गर्दै सुरुंगा नगरपालिकाका नगर प्रमुख गीता चौधरीले भवनले विद्यालयमा भइरहेको कक्षा कोठाको अभावलाई परिपूर्ति गर्ने वताउनुभयो । 

करिव एक हजार पाँच सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा कक्षा कोठाको अभावमा विहान बेलुका विद्यालय चलाउनुपर्ने वाध्यता छ । दुई सिप्ट पढाई चलाउनुपर्ने वाध्यताले विद्यालयलाई व्ययभारसँगै विद्यार्थीहरुलाई समेत पठन पाठनमा समस्या भइरहेको सुरुंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष डिलाराम चौधरीले उल्लेख गर्नुभयो । 

२००५ सालमा स्थापित विद्यालय सप्तरी जिल्लाकै पुरानो विद्यालय रहेको जनाइएको छ । पुरानो विद्यालयसँगै पठन पाठनमा पनि अब्बल रहेकाले सबैको रोजाईमा उक्त विद्यालय पर्दै आइरहेको छ । 

न्यूजको भिज्यूवल एफ.टी.पी.को सिरहा विद्यालय न्यूज २६ फाल्गुन शिर्षकमा छ ।