सिरहा,फाल्गुन २४ गते । मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री शत्रुधन सिंहले मधेश प्रदेश सरकारले स्वास्थय र शिक्षा क्षेत्रको सुधारको निम्ति भरपूर लगानी गर्न उद्यत रहेको वताउनुभएको छ ।
आज सिरहाको लाहान नगरपालिका वडा नं. ३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यकि विद्यालय रघुनाथपुरको ५० औं वर्ष वर्षको अवसरमा आयोजित स्वर्ण जयन्ती महोत्सवको अवसरमा बोल्नुहुँदै वहाँले मधेश प्रदेशमा स्वास्थ्य र शिक्षामा निकै कमजोर रहेकोले यी क्षेत्रलाई सवल बनाउन प्रदेश सरकार लागि परेको उहाँले वताउनुभयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रका कतिपय योजनाहरु प््रादेश सरकारले प्रदान गरे पनि विभिन्न किसिमका समस्याका कारण सो रकम पनि फ्रिज भईरहेकोले त्यसतर्फ सबै सचेत हुँदै बजेट ल्याउन राजनीति होइन कि विकास गर्न राजनीति गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
हजारौं बलिदानी पश्चात प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुको साटो राजा आऊ देश बचाउ जस्ता नारा लगाउनेहरुलाई अगामी २०८४ सालमा हुने निर्वाचनमा भाग लिई राजनीतिक संस्कार देखाउन मन्त्री सिंहले चुनौती दिनुभएको छ ।
२०३१ सालमा स्थापित भई सानो झुपडीको घरबाट पठनपाठन गराउदै आई रहेको विद्यालयले हालसम्म नेपालि र अंग्रेजी माध्यम गरी दुई माध्यबाट अध्यन अध्यापन गराउँदै आएको छ । बल्क ई सम्ममा दुईवटै माध्यमबाट पढाई भईरहेका विद्ययलमा ए र बी सेक्सन गरी एक हजार ६ सय भन्दा बढी विद्यार्थीहरु अध्यनरत रहेको जनाइएको छ ।
