सिरहा,फाल्गुन २१ ग्ते । सिरहाको नवराजपुर गाउँपालिकाका वडा नं.१ भगवतिपुर स्थित रिंकु कुमारी सदायको सामुहिक बलातकार र शंकास्पद मृत्यु घटनाको आरोपी मध्ये एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वडा नं. १ भगवतिपुरकै घटनाको मुख्य आरोपी भनिएको अन्दाजी १३ र १४ वर्षका रुपेश मंडल पक्राउ परेको छ । फरार रहेका र लुकिछिपी भागी हिडेका मंडललाई आज प्रहरीले पक्राउ गरेको हो ।
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी १७ वर्षिय सदाय लाई स्थानीय रुपेश मंडल लगायत तीन जना सामूहिक बलात्कार गरी भागी हिडेका थिए ।
अन्य फरार आरोपी दुई जनाको खोजीकार्य भई रहेको प्रहरीले जनाएको छ ।