सिरहा,फाल्गुन १७ गते । लाहान नगरपालिका र खुट्टी खोला सिंचाई नहर संघर्ष समिति विच तीन वुदे सहमती भएपछि आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ ।
संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा खुट्टी खोला नहरलाई खुल्ला नहर निर्माण गर्ने, लहान नगरपालिका क्षेत्र भित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजानिक जग्गाहरु खाली गराउने र सौन्दर्य करण नाम दिएको डे«न कन्ट्रकसन एण्ड करिडोर डेभलपमेन्टकोठेक्का रद्ध गर्ने सहमति पछी आन्दोलनको कार्यक्रम स्थागित भएको जनाइएको छ ।
लहान नगरपालिकाले सौन्दर्यकरणको नाममा वर्षौपुरानो खुल्ला नहरलाई मास्ने खोजेको भन्दै संघर्ष समितिले विगत सात महिनादेखि निरन्तर आन्दोलन गर्दै आएका थिए । लहान नगरपालिका र संघर्ष समितिको पटक पटक वार्ता भए पनि असफल हुँदै आएको थियो ।