सिरहा,फाल्गुन १५ गते । सिरहा स्थित धनगढीमाई नगरपालिका वडा नं. ९ को नैनपुर नगर अस्पतालमा तीन दिने क्यानसर रोकथाम, नियन्त्रण तथा परिक्षण शिविरको पहिलो दिन दुई सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।

धनगढीमाई न.पाको आयोजनामा संचालन भएको उक्त शिबिरमा नगरवासी तथा अन्य पालिकाका व्यक्तिहरुले पाठेघर, नाक, कान, धाँटी लगायत विभिन्न समस्या भएका विरामीहरुले शिविरमा सेवा लिएको हो ।

गाउँघरमा रोग लुकाउने प्रबृतिले  क्यान्सर जस्ता जटील रोगको लक्षण भएपनि थाहा नपाउने र अनत्यमा जानकारी हुने तथा उपचार नहुने भएकाले सुरुमै जानकारीका लागि शिविर संचालन गरिएको धनगढीमाई नगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले वताईन् ।

सव भन्दा वढी वेरासी ८२ जाना पाठेघरका रोग लगायात धाँटी,नाक र कानका विरामीहरुले मध्ये पाठेघरको मुख सुनिएका दुई जनालाई थप उपचरका लागि भरतपुर क्यान्सर अस्पताल रेफर गरिएको विपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका (भिजुवल ईन्सपेक्सन एसिटिक)भि.आई.ए प्रशिक्षक डाक्टर विष्णु अधिकारीले वताईन् ।

सधै वित्तिय सेवा प्रदान गर्दै आई रहेका विजय लघुवित्तीय संस्था लि.धुलिखेल काभ्रेपालाञ्चोकको समन्वयमा विपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनका क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागको प्रविधिक सहयोगमा क्यान्सर, गाईनो र ई एन टी जस्ता रोगहरुको परिक्षण गरिएको विजय लघुवित्तीय संस्था लि. का  प्रमुख कार्यकारी अधिकृत श्री बसन्त राज लम्सालले जनाउनु भयो ।

फाल्गुन १८ गते सम्ममा सात सय जनलाई सेवा दिने लक्ष्य अनुरुप क्यान्सर रोकथाम नियन्त्रण तथा अनुसन्धान विभागका सिनियर नर्सिङ्ग आयोध्या पाठक लगायत आठ जना डाक्टरको समूहले सेवा प्रदान गर्ने शिविरमा निःशुल्क औषधि दिने गरिएको छ ।