सिरहा,फाल्गन १५ गते । सिरहाको गोलवजार नगरपालिक वडा नं.४ स्थित नदाफ रेडमेड कपडा पसलमा आगलागि हूँदा लाखौको कपडा जलेर नष्ट भएको छ ।
वुधवार साँझको समयमा विद्युत सर्ट भई लागेको आगलागि बाट पसलमा रहेको कपडा जलेर पचवन्न लाख बरावरको क्षति भएको पसलका संचालक हसन मन्सुरीले वताएको छ ।
पसलमा विद्युत सर्ट भई आगो सल्कदाँ पसलमा रहेको पैतिस लाखको कपडा र नगद विस हजार आगोले जलेको गोलवजार ईलाका प्रहरी कार्यालय गोलवजारले जनाएको छ ।
गोलवजारको वारुण यन्त्र,नेपाल प्रहरी तथा सशस्त्र प्रहरी लाई आगो नियन्त्रणमा लिनएक घण्टा लागेको स्थानीले उललेख गरेका छन् ।




















