सिरहा,फाल्गुन १३ गते । सिरहाको सुखिपुर नगरपालिका वडा नं. ३ मा नायाँ बन्दै गरेको स्वास्थ्य चौकी भवन नजिक राती एक जना मृत भेटीएका छन् ।

पालिकाको वडा नं.३ कुशहा लक्ष्मिनीयाँमा निर्माण भईरहेको स्वास्थ्य चौकी भवनमा टायल्स लगाउने काम गरि रहेका मोरङ्ग जिल्लाको धनपाल गाउँपालिका वडा नं. १ का मो.मोकीम आलम मृत भेटिएको हो ।

फाल्गुन १२ गतेको राती नौ वजे संगै काम गर्ने एक जनाले फोनमा मोकीम आलम   सिकीस्त अवस्थामा रहेकाले अस्पतालमै आउन भने पछि प्रादेशिक अस्पताल लहान पुग्दा दाजुको मृत्यु भई सकेको मृतकका भाई मोहिम आलमले बताउनु भयो ।

एक हप्ता देखि स्वास्थ्य चौकी भवनमा पाँच जना कामदारहरु टायल्स लगाईरको र आफू घरको विशेष कामले चाँडै सुखिपुर साईड बाट घर गएकाले राती १२ वजे मात्र साईड बाट घटना भएको थाहा पाएकाले घटनाको सम्वन्धमा विशेष कुरा थाहा नभएको विजय सृजना कन्ट्रकसन कम्पनी लि.वानेश्वर काठमाण्डौका साईड ईन्जिनियर दिन बन्धु चौधरीले उल्लेख गर्नु भयो ।

यता घटनाको स्म्वन्धमा मृतक आलम संगै काम गर्नेहरु संग सोधपुछ तथा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुखिपुरले जनाएको छ ।