सिरहा,फाल्गुन ९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ५ तेतिस विगहामा एक दिने निशुल्क विषेशज्ञ आयुर्वेद स्वास्थ्य तथा औषधी वितरण शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका छन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरको आयोजनामा भएको शिविरमा पेटसम्बन्धी रोग, पिनास, मधुमेह, छालासम्बन्धी रोग, फिजियोथेरापी सहितका सेवा र स्वास्थ्य शिविरबाट औषधीहरू निःशुल्क वितरण गरिएको थियो ।
विरामी भएकाले अंग्रेजी औषधी सेवन गर्दा खासै फरक न परेकाले आयुर्वेद स्वास्थ्य शिविरमा जाँच गराउन आएको स्थानीहरुले जनाउनु भयो ।
शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि विभिन्न रोगहरु जस्तै ग्यास्ट्रिक, पायल्स, फिसर, फिस्टुला, महिनावारी गडबडी, नसा, पेटसम्बन्धी समस्या, छालासम्बन्धी रोग लगायत समस्याको परीक्षण, उपचार तथा परामर्श प्रदान गरिएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र शाखा वर्दिवासका वरिष्ठ आयुर्वेद चिकित्सक मिथिलेश कुमार सिंहले जानकारी दिनु भयो । उनले थपदै भने खानपान, जीवनशैली, योग र आरोग्यबारे जनचेतनामूलक सन्देशहरू पनि प्रवाह गरीएको डा.सिंहले बताउनुभयो ।
धनगढीमाई नगरपालिका र सुखिपुर नगरपालिका लगायत अन्य पालिकाका व्यक्तिहरु शिविरमा निशुल्क स्वास्थ्य सेवा लिएको सविधान साभा सदस्य तथा नेपाली काङग्रेस सिरहा जिल्ला सभापति राम चन्द्र यादवले बताउनु भयो ।
आयुर्वेद उपचार पद्धति हाम्रो मौलिक उपचार पद्धति संगै आयुर्वेद भरपर्दो उपचार पद्धति हो । आयुर्वेदको विकास गर्न सके धेरै रोगबाट मुक्त हुन सकिन्छ ।




















